पुर्व एमाले नेता अन्सारी माथि आक्रमण

विरगन्ज ३१ जेष्ठ ,हिजो बेलुका ९ बजे पुर्व एमाले ( हाल नेपाल कम्यूनिष्ट पार्टी) पर्सा नेता तथा बिरगन्ज नेशनल मेडिकल कलेजका प्रबन्ध निदेर्शक मो. बसरुदिन अंसारी माथि विरगन्ज बार्ड नं. १५ स्थित गण्डकमा करिब पाँच सात जानको समुहले हुलमा आई संघातिक आक्रमण गरेका छन् । आक्रमणमा परि अन्सारीको टाउको, मुख आँखा तथा शरिरको विभिन्न भागमा चोटपटक लागेको छ । आक्रमणको कारणबारे बुझन खोज्दा अक्रमण नियोजित हुनसक्ने भनेर अंसारीको भनाई छ, । अंसारीको भनाई अनुसार चुनावी प्रतिशोधको उपज यो आक्रमण हुनसक्छ र विरगन्जको गणडक अंसारीको चुनावी प्रतिशपर्दि गणडक अस्पतालको प्रबन्ध निर्देशक रहबर अन्सारीको घर हो । घटना भएको केही बेर पछि घटनाको बारेमा पर्सा जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक रेवती दकालकोमा दोषि माथि कार्वाही होस भन्न जाँदा रहबर अंसारी दोषिहरुलाई छुटाउन पुग्नु संयोग मात्र नभई नियोजित रुपमा रहबर अंसारीको योजनामा घटना घटाईएको हो पुष्टी हुन्छ भन्ने अंसारीको आरोप छ । घटनाबारे पर्सा प्रहरी प्रमुख प्रहरी उपरिक्षक रेवती दकाल सँग बुझदा पुर्व एमाले नेता जितपुरबाट विरगन्ज आउने क्रममा जितपुरमा केही मानिससँग सामान्य वादविवाद भएको थियो र पछि विरगन्ज गडकमा आईपुग्दा अपराधिक प्रर्वित्तिका केही मानिसले पुर्व एमाले नेता अंसारी चढेको गाडी रोकी उनी माथि आक्रमण गरेको जानकारी आएको र घटनामा संलग्न व्यत्तिहरुको पहिचान भैसकेकोले पक्राउ गरि आवश्यक कार्वाही गर्नको लागि निर्देशन दिसकेको बताएकाछन् । पुर्व एमाले नेता मो. बसरुदिन अंसारी ने.क.पा. एमाले तथा गण्डक अस्पतालका प्रबन्ध निर्देशक रहबर अन्सारी ने.क.पा. (माओवादी केन्द)्रबाट गएको स्थानिय निर्वाचणमा विरगन्ज महानगरपालिकाको मेयर पदको उमेदवारीमा प्रतिशपर्दि थिए । संसदीय निर्वाचनमा ने.क.पा. एमाले र ने.क.पा. (माओवादी केन्द)्र चुनावी तालमेल पश्चात रहबर अन्सारी पर्सा क्षेत्र नं. १(क)बाट प्रदेश संसदका उम्मेदबार थिए र उनी संघिय समाजवादी फोरमका जन्नत अंसारीसँग पराजित हुन पुगेका थिए । संसदीय निर्वाचनमा पुर्व एमाले नेता मो. बसरुदीनले संघिय समाजवादी फोरमका जन्नत अंसारीलाई सहयोग गरेको आरोप रहबर अंसारी निकट व्यत्तिहरुले लगाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *