१२ मंसिर २०८०, मंगलवार
(नेपाली समय)
१२ मंसिर २०८०, मंगलवार
नेपाली समय

पूर्वएसएसपी बने वडा सदस्यको उम्मेदवार, भन्छन्- एकैपटक ठूलो पदमा बस्दा असहज हुने भएपछि सदस्य रोजें

उदयपुर : सशस्त्र प्रहरीका पूर्ववरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) इन्द्रराज कार्की सकृय राजनीतिमा होमिएका छन् ।  ३०वर्षे सरकारी सेवा अवधि सकेर गाउँ फर्किएका कार्की नेकपा एमाले पार्टीमा आवद्ध भइ राजनीतिमा होमिएका हुन् । उदयपुरको त्रियुगा नगरपालिका वडानं ८ को वडा कमिटीको उपसचिवको जिम्मेवारी सम्हालेका कार्कीलाई स्थानीय तहको निर्वाचनमा पार्टीले वडा सदस्यको उम्मेदवार बनाएको अध्यक्ष परमेश्वर घिमिरेले बताए । 

पार्टीको वडा कमिटीमा रहँदा जनतासँगको सामिप्यता र सामाजिक अभियानमा अब्बल देखिएकाले वडासदस्यको उम्मेदवारी बनाएको उनले बताए । एसएसपी कार्कीले प्रहरी सेवा सकिएलगत्तै राजनीति गर्न काठमाडौंको बसाईं अन्त्य गरी गाउँ फर्किएको बताए । ‘मेरो सहरको बसाइ रहर हैन बाध्यता हो, ‘उनले भने, ‘मलाई गाउँ नै प्रिय छ, यहाँको समाजसेवा गर्न पाउनु मेरो भाग्य हो।’धेरैले राजनीति नै गर्ने हो भने नेतासँग भेट्नु र माथिल्लो कमिटीमै बसेर काम गर्न सुझाब दिएका थिए, एकै पटक ठूलो पदमा बस्दा असहज हुने र रातदिन नभनी राजनीतिमा होमिएका साथीहरुमाथि अन्याय हुन्छ भन्ने ठानेर तलबाटै सुरु गरेको हुँ ।’

उनले सरकारी सेवा र राजनीति फरक विषय भएपनि कतै न कतै जोडिने भएकाले राजनीतिक संस्कार सानैदेखि बुझेको बताए । सानै उमेरदेखि नेकपा एमालेप्रति सामाप्यिता रहेपनि सेवाकालिन अवधि सबैसँगको समझदारी र सहकार्यमा विताएकाले निर्वाचनमा सबैको साथसहयोग रहने विश्वास व्यक्त गरे । 

कार्कीले जागिरे जीवन पनि जनताको सेवा नै भएकाले थप सेवा गर्न राजनीतिमा होमिएको बताए । उनले भने, ‘ बाहिर जति सामाजिक कार्य गर्न सहज हुन्छ, चेनअफ कमाण्डमा बसेर काम गर्दा त्यस्तो सहज हुन्न त्यसैले खुल्ला राजनीतिकमा आएको हुँ ।’ समृद्ध नेपाल सुखी नेपालको परिकल्पना नेकपा एमालेकै भएकाले चुनाव जित्ने मुल आधार पनि त्यहीँ भएको उनले बताए । उदयपुरको तत्कालिन भुट्टार गाविस हालको रौतामाई गाउँपालिका २ खजौरेमा जन्मिएका कार्की पछिल्लो समय परिवारसहित त्रियुगा नगरपालिका ८ मा बस्दै आएका छन् ।   

साभार : अन्नपुर्णपोष्ट अनलाइन

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds