काठमाडौं : नेपाल सरकारका पूर्वसचिव केदार न्यौपाने राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका छन्।
अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको सदस्यता प्रदान गरि न्यौपानेलाई मंगलबार राप्रपामा प्रवेश गराएका हुन्।
सो अवसरमा राप्रपाका पूर्वअध्यक्षद्वय पशुपतिशमशेर जबरा र डा.प्रकाशचन्द्र लोहनी, नेताहरु दीपक बोहरा, नवराज सुवेदी, हरिबहादुर बस्नेत, बालाराम घर्ती मगरलगायतका नेताहरूले न्यौपानेलाई पार्टीमा स्वागत गरेका थिए।
पूर्वसचिव न्यौपाने राप्रपाबाट काठमाडौं महानगरपालिकाको मेयरमा उठ्ने चर्चा चलेको थियो। तर विजयी सुनिश्चित नहुने देखिएपछि उनी उठेनन्। राप्रपाले कलाकार मदनदान श्रेष्ठलाई उम्मेदवार बनाएको छ।
साभार : अन्नपुर्णपोष्ट अनलाइन