१० कार्तिक २०७८, बुधवार
(नेपाली समय)
१० कार्तिक २०७८, बुधवार
नेपाली समय

पोखरामा प्याराग्लाइडिङमा रमाएका थिए इरफान खान

पोखरा : सहासिक खेल प्याराग्लाइडिङका लागि पोखरा विश्वप्रसिद्ध छ । यस्तो खेलमा रुची राख्ने आन्तरिक हुन् वा वाह्य पर्यटक पोखरा आएपछि प्याराग्लाइडिङमा रमाउन छुटाउउँदैनन् । 

सन् २०१० नोभेम्बर १६ मा पोखरा आएका बलिउड अभिनेता इरफान खानले पनि पोखराको सराङ्कोटमा पुगेर प्याराग्लाइडिङ गर्न छुटाएनन् । खानले प्याराग्लाइडिङबाट पोखराको आकाशमा उडेर पोखरा बजार, फेवाताल र अन्नपूर्ण हिमश्रृंखलाको अवलोकन गरेका थिए । 

पोखराको आकाशमा प्याराग्लाइडिङ गरेर अवतरणपछि कुरा गर्दै बलिउड अभिनेता इरफान खान ।

पोखराको फेवाताल किरनारमा अवतरणपछि उनले पोखराको आकशबाट देखिने ताल, पोखरा बजार र प्राकृतिक दृश्यले आफू निकै आनन्दित भएको उपस्थित पत्रकारलाई छोटो प्रतिक्रिया दिएका थिए । बलिउड अभिनेता इरफान खानको ५४ वर्षको उमेरमा निधन भएको भारतीय मिडीयाले बताएका छन् । अभिनेता खान कुशल अभिनयका लागि चिनिएका छन् । 

साभार : अन्नपूर्ण पोष्ट अनलाइन