पोपद्वारा चिलीका यौन प्रकरणमा आरोपित तीन धर्मगुरुको राजिनामा स्वीकृत

भेटिकन सिटी, २८ जेठ (रासस÷एएफपी) ः क्रिश्चियन धर्मगुरु पोप फ्रान्सिसले चर्च यौन प्रकरणमा आरोपित चिलीका तीन धर्मगुरूले पदबाट दिएको राजिनामालाई सोमबार स्वीकृत गर्नुभएको छ ।

विवादास्पद जुवान ब्यारोससहित अन्य दुई आरोपित धर्मगुरूको कार्यकाल चलिरहँदा उहाँहरूमाथि चर्चमा भएका यौन गतिविधिमा दोषी भनी आरोप लागेपछि उहाँहरूले नैतिकताका हिसाबले पदबाट राजिनामा दिनुभएको हो ।

उक्त प्रकरणमा चिलीका धर्मगुरूहरूको प्रतिनिधिमण्डलका सम्पूर्ण सदस्यले गत महिना पोप फ्रान्सिसलाई टक्राएको राजिनामाथि विभिन्न चरणमा भएका छलफलपछि उक्त निर्णय गरिएको पोपको कार्यालयले जनाइएको छ ।

2018-06-11 18:35

Leave a Reply

Your email address will not be published. Required fields are marked *