प्रधानमन्त्री ओलीलाई गार्ड अफ अनर

–विशेष प्रतिनिधि हरि लामिछाने 

बेइजिङ, ७ असार (रासस) ः चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई गार्ड अफ अनर प्रदान गरिएको छ । 

भ्रमणको आज तेस्रो दिन ग्रेट हल अफ पिपलमा प्रधानमन्त्री ओलीलाई गार्ड अफ अनर प्रदान गरिएको हो । 

सो कार्यक्रममा चिनियाँ प्रधानमन्त्री लि खछ्याङ सहभागी हुनुहुन्थ्यो । 

त्यसअघि प्रधानमन्त्री ओलीले चिनियाँ जनकंग्रेस स्थायी समितिका अध्यक्ष लि झाङसुसँग भेटवार्ता गर्नु भएको थियो । 

ग्रेट हल अफ दि पिपलमा आज भएको भेटवार्तामा आपसीहित र द्विपक्षीय सम्बन्धका बारेमा कुराकानी भएको थियो । 

प्रधानमन्त्री ओलीले चिनियाँ जनकंग्रेसको अध्यक्षमा निर्वाचित हुनुभएकामा लिलाई बधाई दिँदै सफल कार्यकालको कामना गर्नुभएको थियो । 

अध्यक्ष लि ले नेपालको भूकम्प र त्यसले पारेको प्रभाव र पुनःनिर्माणमा भइरहेको प्रगतिका बारेमा प्रधानमन्त्री ओलीसँग जिज्ञासा राख्नुभएको थियो । भेटवार्तामा नेपाली प्रतिनिधिमण्डलको समेत सहभागिता थियो । 

 AFP PHOTO / GREG BAKER
Nepal’s Prime Minister K.P. Sharma Oli (C right) reviews a military honour guard with Chinese Premier Li Keqiang
(C) during a welcome ceremony at the Great Hall of the People in Beijing on June 21, 2018. / AFP PHOTO / GREG BAKER

Leave a Reply

Your email address will not be published. Required fields are marked *