१२ चैत २०८०, सोमवार
(नेपाली समय)
१२ चैत २०८०, सोमवार
नेपाली समय

प्रधानमन्त्री कप क्रिकेटः उपाधिका लागि विभागीय टोली भिड्ने

काठमाडौँ, २७ जेठ (रासस) ः प्रधानमन्त्री कप एकदिवशीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि विभागीय टोली त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बल (एपिएफ) क्लब भिड्ने भएका छन् ।

राष्ट्रिय खेलाडी विनोद भण्डारीको कप्तानीमा रहेको आर्मी क्लब र राष्ट्रिय टोलीका भेट्रान बलर वसन्त रेग्मी नेतृत्वको एपिएफबीच फाइनल खेल सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा हुनेछ ।

राष्ट्रिय खेलकुद परिषद्को अयाोजना तथा नेपालय इन्टरनेशनलको व्यवस्थापनमा भइरहेको उक्त प्रतियोगितामा आर्मी क्लब अपराजित टोली हो । प्रतियोगितामा एपिएफले पनि उत्कृष्ट खेल प्रदर्शन गर्दै आएको छ । एपिएफको बलिङ आर्मीको तुलनामा प्रभावकारी बन्न सकेको छैन । यसअघि समूह चरणमा आर्मी क्लबले एपिएफलाई पराजित गरेको थियो ।

सेमिफाइनलमा आर्मीले प्रदेश नं ५ लाई १५४ रनले तथा एपिएफले नेपाल पुलिसलाई नौ रनले हराउँदै फाइनलमा भिडन्त पक्का गरेका हुन् । प्रतियोगिताको विजेताले रु २० लाख तथा उपविजेताले रु १० लाख पुरस्कार पाउनेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले रु एक लाख तथा उत्कृष्ट ब्याट्सम्यान र बलरले जनही रु ५० हजार पुरस्कार पाउनेछन् । पहिलो पटक संघीय संरचनाअनुसार आयोजना गरिएको उक्त एकदिवशीय प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोलीको सहभागिता रहेको छ ।

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds