२४ मंसिर २०८०, आइतवार
(नेपाली समय)
२४ मंसिर २०८०, आइतवार
नेपाली समय

प्राप्त उपलब्धी जोगाउन अर्को जनआन्दोलन आवस्यक छ–अध्यक्ष यादव सहिद परिवारलाई प्रतिबद्धता अनुरुप सहयोग र सम्मान पाएन–सांसद यादव

नरेश सर्राफ––––––––––––––––––––
वीरगंज,०५ माघ ।
समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले लोकतन्त्र तथा संघीयता सहित प्राप्त उपलब्धीलाई जोगाउन मुलुकमा अर्को जन आन्दोलन आवश्यक रहेको बताउनु भएको छ ।
प्रदेश २ सरकारले आईतबार वीरगंज स्थित नगर सभागृह (टाउन हल)मा आयोजना गरेको बलिदानी दिवस तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उहाले अबको आन्दोलनले मुलुकमा विद्यमान विभेद, असमानता र उत्पीडनलाई समाप्त पार्ने दाबी गर्नु भयो ।
आन्दोलनको नेतृत्व मधेसले नै गर्ने र जनता एक भएपछि परिवर्तनलाई कुनै तागतले रोक्न नसक्ने दावी गर्दै अध्यक्ष यादवले वर्षौंदेखिको विभेद, उत्पिडन शोषणलाई अन्त्य गर्नका लागि भएको मधेस जन विद्रोहको उद्देश्य अहिले पनि सान्दर्भिक रहेको बताउनु भयो । उहाले संघीय समाजवादी पार्टी सरल बाटोबाट जांदा सरकारले कुरा नसुनेको आरोप समेत लगाउनु भयो ।
कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले शहिदको बलिदानीको मुल्यांकन पैसा दिएर वा शालीक बनाएर नहुने बताउनु भयो । उहाले शहिदको बलिदानी पैसा वा शालिकसंग तुलना हुनै सक्दैन, भन्दै शहिदकै बलिदानीका कारण हामीले प्रदेश सरकार बनाएका हौं, त्यसैले प्रदेश सरकारले शहिदको योगदानलाइ कहिल्यै पनि बिर्सिदैन भन्नु भयो ।
शहिदका परिवारका लागि प्रदेश सरकारले रोजगारी दिइसकेको भन्दै उहाले आन्दोलनका घाइतेहरुको जिविकोपार्जनका लागि रोजगारी दिने योजना बनाइरहेको बताउनु भयो । प्रदेश सरकारले सरकारी निर्णय गरेर माघ ५ गतेलाइ बलिदानी दिवस मनाइरहेकाले यो आफैमा ठूलो उपलब्धि भएको बताउनु भयो ।
कार्यक्रममा प्रदेश २ का भौतीक पुर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले शहिदका परिवारलाइ सम्मान स्वरुप रु. २५ हजार प्रदान गरिएको बताउदै उहाले बलिदानी दिवसको कार्यक्रममा शहिदका परिवारलाइ खाली हात किन फिर्ता पठाउनु भनेर सम्मान स्वरुप रु. २५ हजार प्रदेश सरकारले दिएको हो भन्नु भयो ।
प्रदेश २ का सामाजिक विकास मन्त्री नवल किशोर साहले शहिदका परिवारलाइ रु. ५० लाख दिन प्रदेश सरकार आर्थिक रुपमा सक्षम नभएको बताउनु भयो ।
उहाले आन्दोलनका बेला शहिदका परिवारलाइ रु. ५० लाख दिन त भनियो तर दिने कसरी ? प्रदेश सरकार आर्थिक रुपमा सक्षम नै छैन ,त्यति बजेट पनि छैन ।
मन्त्री साहले ११७ मधेसी सहिदको बलिदानीले मात्र मधेसको सबै अधिकार प्राप्त नहुने भन्दै अझै शहादत आवश्यक रहेको र त्यसका लागि तयार रहन मधेसी जनतासंग आग्रह गर्नु भयो ।
यति शहिदले मात्रै मधेसको पुर्ण अधिकार प्राप्त हुदैन, भन्दै उहाले पुनः आन्दोलन गर्नु पर्छ , मधेसी जनताले अझै शहादत दिनु पर्छ, त्यसका लागि तयार रहनु होला भन्नु भयो ।
कार्यक्रममा ५२ जना परिवारलाई मात्र प्रदेश सरकारले जनही रु. २५ हजार प्रदान गरेको छ ।
पहिलो, दोश्रो र तेश्रो मधेस आन्दोलनमा ११७ जना शहिद भएपनि बलिदानी दिवसमा ५२ शहिदका परिवारलाइ मात्र प्रदेश सरकारले जनही रु. २५ हजार प्रदान गर्ने घोषणा गरेको छ ।
कार्यक्रममा पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादवले शहिदका परिवारलाइ रु. ५० लाखको घोषणा गरेर रु. २५ हजार मात्रै दिएर टारिएको भन्दै प्रदेश सरकारको आलोचना गर्नु भयो ।
सांसद यादवले आन्दोलनको बलमा मधेसमा सरकार बन्यो भने रु. ५० लाख दिन्छौ भनेर घोषणा गरियो, तर अहिले रु. २५ हजार मात्रै दिएर टारिएको छ भन्नु भयो ।
उहाले मधेसमा मधेसी दलकै सरकार छ , अहिले सत्तामा हुदाका बेला नदिए कहिले दिने हो ? प्रदेश सरकारले शहिदका परिवारलाइ रु. ५० लाख तुरुन्त देओस् मेरो योजाडदार माग हो भन्नु भयो ।
शहिद माथि माला लगाएर शहिदको सपना पुरा हुदैन, अहिले मधेशमा मधेशीकै सरकार छ, प्रदेशको सत्ता मधेशीको हातमै रहेकोले मधेशको अधिकार पुरा गरे मात्र शहिदको सपना पुरा हुने बताउनु भयो ।
प्रदेश सरकारले एक ठाउमा पनि मधेसी शहिदको शालीक बनाउन नसकेको भन्दै यादवले मधेसी शहिदकै बलिदानीको कारण नै प्रदेश २ मा मधेसी दलको सरकार बनेकाले शहिदको बलिदानी र आहुतीलाइ नबिर्सिन आग्रह पनि गर्नु भयो । (राष्ट्रिय सहारा दैनिक बाट)

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds