फुटबलको महाकुम्भ मेला आजबाट

काठमाण्डौं ३१ जेष्ठ, फुटबलको महाकुम्भ मेला आजबाट रुसमा सुरु हुँदैछ । रुसको राजधानी मस्कोको लुझनिकी स्टेडियमबाट विश्वकप फुटबल कप २०१८ को भन्य उदघाटन समारोह हुनेछ । उक्त्त स्टडियमको ८०००० हजार दर्शक क्षमता रहेको छ र करिब ५०० कलाकार तथा पपस्टार राबी विलियम्स र ओपेरा गायक प्लासिडो डोमिगोले आफ्नो प्रस्तुतिका साथ आजको उदघाटन समारोहको आर्कषण्को केन्द्र पनि हुनेछ ।
उदघाटन समारोहको लागि स्टेडियमको सुरक्षार्थ ३०००० सुरक्षाकर्मी परिचालन गरिएको छ । कुनै विपत आइपरेमा लडाकु विमानहरुलाई पनि तयारी अवस्थामा रखिएको छ ।
२०१८ को विश्वकप प्रतिस्पर्धामा ३२ टिम सहभागी हुनेछन् । यी टिमलाई आठ समूहमा विभाजन गरिएको छ। एउटा समुहमा चार(चार राष्ट्र छन् । हरेक समुहबाट दुई राष्ट्र नकआउट चरणमा पुग्नेछन् । विश्वकप २०१८को पहिलो म्याच आयोजक राष्ट्र रुस र साउदी अरबबीच हुनेछ । यो अ‍ेल नेपाली समयअनुसार बेलुका ८ः४५मा सुरु हुनेछ ।
विश्वकप २०१८ रुसबाट पहिलोपटक भिडियो रेफरल प्रणाली प्रयोगमा ल्याइँदैछ ।
यस विश्वकप २०१८ मा आइसल्याण्ड र पनामाले पहिलो पटक समाबेस हुदैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *