बलिउड अभिनेत्रीहरुले आकर्षक अनुहार, सुडौल शरीर र आफुलाई जवान राख्न के गर्छन् ? उचित खानपान, नियमित व्यायाम र प्राकृतिक सौन्दर्य प्रसाधनको प्रयोग । अधिकांश बलिउड अभिनेत्री योग साधना गर्छन् । उनीहरुमध्ये कतिपयमा त फिटनेसको लत नै छ भनिन्छ । हामीलाई लाग्न सक्छ, बलिउड अभिनेत्रीले महंगा एवं विश्व प्रशिद्ध ब्रान्डका सौन्दर्य प्रशासन प्रयोग गर्छन् । यद्यपि अक्सर उनीहरुले प्राकृतिक सौन्दर्य प्रसाधनको प्रयोग गरिरहेको बताउने गर्छन् ।
प्रियंका चोपडा
आफ्नो छालालाई चम्किलो राख्नका लागि प्रियंकाले अनुशासित दिनचर्या पालना गर्ने बताउँछिन् । सन्तुलित खानपान, नियमित व्यायाम अपनाउँछिन् । छालालाई स्वस्थ्य राख्नका लागि कागती पानी, नरिवल पानी, बेसार दुध सेवन गर्छिन् ।
ऐश्वर्य राय बच्चन
बलिउडका अधिकांश अभिनेत्री छालाको सौन्दर्यका लागि प्राकृतिक उत्पादनमा जोड दिने गर्छिन् । यसमा ऐश्वर्य राय बच्चन किन पछि हट्थे । उनी आफ्नो छालाको मृत्त कोशिका हटाउनका लागि बेसन, दुध र बेसारको फेसप्याक तयार गर्छिन् । यसका साथै उनी घरमा आफै फेस मास्क र मोश्चराइजर बनाउँछिन् । उनी दहीलाई नेचुरल मोश्चराइजरको रुपमा र कांक्रालाई फेस मास्कको रुपमा प्रयोग गर्छिन् ।
दीपिका पादुकोण
आफ्नो व्यस्त दैनिकीका बाबजुद दीपिका हरेक दिन आफ्नो छाला, कपाल एवं अनुहारको सौन्दर्यका लागि विशेष तालिका पालना गर्छिन् । उनी प्राकृतिक उत्पादन एवं घरेलु विधी अपनाउन मन पराउँछिन् । दीपिका नरिवल तेलले नियमित मसाज गर्छिन् । उनी आफुलाई हाइड्रेट राख्छिन् । दैनिक आठ गिलास पानी पिउने गर्छिन् ।
स्वस्थ र चम्किलो छालाका लागि दीपिका आहारमा अक्सर कार्बोहाइड्रेट र प्रोटिनको सन्तुलन मिलाउने गर्छिन् ।
कैटरिना कैफ
कैटको स्वस्थ र चमकदार छालाको राज सन्तुलित एवं पोषिलो खाना र प्राकृतिक उत्पादन नै हो । उनी मिनरल फेस प्याक प्रयोग गर्छिन् । यसले डन्डिफोर र दाग धब्बाबाट टाढा राख्न सहयोग पुग्छ । उनी खानपानमा अधिक सर्तक छिन् । खानेकुरामा पौष्टिकताको ख्याल राख्छिन् । उनी छालाको सौन्दर्यका लागि उसिनेको सब्जी वीटग्रास सेवन गर्छिन् । उनी नियमिन ग्रीन टि पनि सेवन गर्छिन् ।
अनुष्का शर्मा
अनुष्काको स्वस्थ्य र चम्किलो छालाको राज प्राकृतिक उत्पादन प्रयोग नै हो । उनी नीम पाउडर, दही, गुलाब जल र दुधले बनेको नीम फेसप्याक प्रयोग गर्छिन्, घरमै बनाएर । नीममा एन्टिब्याक्टेरियल, एन्टिफंगल गुण हुन्छ । अनुष्का एकदमै बढी पानी पनि सेवन गर्छिन् ।
विभिन्न स्रोतबाट
साभार : अनलाइनखबर अनलाइन