बसको ठक्करबाट महिलाको मृत्यु

चितवन, ५ असार (रासस) : भरतपुर महानगरपालिका वडा नं १० हाकिमचोकस्थित पूर्वपश्चिम लोकमार्गमा आज बसको ठक्करबाट मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालयका अनुसार नारायणगढबाट टाँडीतर्फ जाँदै गरेको ग१ख १९७३ नंको बसले ना१३प ६७१४ नंको मोटरसाइकललाई ठक्कर दिँदा त्यसमा सवार माडी नगरपालिका वडा नं १ की ५० वर्षीया रक्सीमिया महतोको उपचारका क्रममा मृत्यु भएको हो । 

उनको चितवन मेडिकल कलेजमा उपचारका क्रममा दिउसो १२ः५ बजे मृत्यु भएको हो । बिहान १०ः३० बजे भएको उक्त घटनामा मोटरसाइकल चालक मृतकका श्रीमान् ५३ वर्षीय रामप्रसाद महतो सामान्य घाइते भएको प्रहरीले जनाएको छ । 

महतोको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *