२ जेठ २०७९, सोमवार
(नेपाली समय)
२ जेठ २०७९, सोमवार
नेपाली समय

बस दुर्घटनामा २ जनाको मृत्यु ४ जना घाइते

तानसेन : रैनादेवी छहरा गाउँपालिका वडा नं. ६ जुठापौवामा शुक्रबार बेलुका ग १ ख ४९०२ नम्बरको बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ४ जना गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा मृत्यु हुनेमा गाडी मालिक तथा चालक जुठापौवा धारापानीका ४२ वर्षीय वेदबहादुर जिसी, सोही ठाउँकै होमबहादुर रास्कोटीका छोरा ७ वर्षीय आशाश रास्कोटी रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाका डिएसपी तथा सूचना अधिकारी विरेन्द्र थापाले बताए । गम्भीर अवस्थामा रहेका जिसी र रास्कोटीलाई उपचारको लागि जिल्ला अस्पताल पाल्पामा चेकजाँच गर्दा मृत्यु भइसकेको चिकित्सकले घोषणा गरेका थिए।

बस दुर्घटनामा घाइते हुनेमा रैनादेवी छहरा गाउँपालिका वडा नं ६ जुठापौवाकै मिना घर्तीका ७ वर्षीय छोरा रोहित घर्ती, कान्ता बगालेका ८ वर्षीय छोरा मिलन बगाले, बेग बहादुर घर्तीका ८ वर्षीय छोरा रोमन घर्ती, पार्वती घर्तीका ९ वर्षीय छोरा खिमबहादुर घर्ती रहेका छन्।

पानीडाँडाबाट जुठातर्फ जाँदै गर्दा बस दुर्घटनामा परेको थियो । बस सडकबाट ४ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । घाइतेको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ ।
साभार : अन्नपुर्णपोष्ट अनलाइन बाट