२ असोज २०८०, मंगलवार
(नेपाली समय)
२ असोज २०८०, मंगलवार
नेपाली समय

बारामा थप आठजनामा कोरोना पुष्टि

कलैया : बारामा बुधबार थप आठजनामा कोरोना पोजिटिभ पुष्टि भएको छ । सिम्रौनगढ नगरपालिकास्थित कंकालिनी माध्यमिक विधालयको क्वारेन्टाइनमा रहेका ८ जनाको पीसीआर रिपोर्ट पोजिटिभ देखिएको हो ।

संक्रमित हुनेमा सिम्रौनगढ ६ का २३, २७ र २८ वर्षीय, वडा नम्बर ५ का २७ र ३५ वर्षीय, वडा नम्बर ७ का १९ वर्षीय, वडा नम्बर २ का ४० वर्षीय पुरुष र एक १२ वर्षीय बालकमा कोरोना पुष्टि भएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए । संक्रमितलाई कलैयास्थित अस्पतालमा ल्याउन लागिएको प्रजिअ पण्डितले बताए ।

योसँगै बारामा संक्रमितको संख्या ९२ पुगेको छ ।संक्रमितमध्ये एकजनाको मृत्यु भएको छ भने ५१ जना उपचारपछि घर फर्किएका छन् । करैयामाई गाउँपालिकाका एक वृद्धको मृत्युपछि कोरोना पुष्टि भएको थियो । 

साभार: अन्नपूर्णपोष्ट अनलाइन

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds