१२ मंसिर २०८०, मंगलवार
(नेपाली समय)
१२ मंसिर २०८०, मंगलवार
नेपाली समय

बैंकमा पनि सातामा दुई दिन विदा

काठमाडौं : अब बैंकहरुमा पनि साताको दुई दिन सार्वजनिक बिदा हुने भएको छ। नेपाल राष्ट्र बैंकले बुधबार एक सूचना जारी गर्दै शनिबार र आईतबार साप्ताहिक बिदा दिने घोषणा गरेको हो। सरकारले जेठ १ गतेदेखि सातामा दुई दिन सार्वजनिक बिदा दिने घोषणा गरेसँगै राष्ट्र बैंकले पनि कार्यालय खुल्ने समय संशोधन गरेको हो।

आगामी जेठ १ गतेदेखि लागू हुनेगरी साप्ताहिक बिदा बढेसँगै अब सोमबारदेखि शुक्रबारसम्म कार्यालय समय साढे ९ देखि साढे ५ बजेसम्म खुल्ने राष्ट्र बैंकले बताएको छ। तर कात्तिक १६ देखि माघ १५ गतेसम्म भने बिहान साढे ९ देखि अपरान्ह साढे ४ बजेसम्म कार्यालय खोलिने समय तालिका रहेको छ।   तर बैंकिङ कारोबार समय सोमबारदेखि शुक्रबारसम्म बिहान साढे ९ देखि साँझ ४ बजेसम्म र कायम गर्ने तर कात्तिक १६ देखि माघ १५ गतेसम्म बैंकिङ कारोबार समय बिहान साढे ९ देखि अपरान्ह साढे ३ सम्म कायम रहने बताइएको छ।

यसैगरी केन्द्रीय बैंकले २०७९ सालको लागि निर्धारण गरिएका दशैं र तिहारका लागि सार्वजनिक बिदाबाहेक अन्य बिदा लगातार २ दिनभन्दा बढी भएमा तेस्रो दिनदेखि बैंकिङ विभाग र मुद्रा व्यवस्थापन विभागबाट प्रवाह हुने सेवा, भुक्तानी प्रणाली विभागबाट प्रवाह हुने आरटिजीएस (रियल टाईम ग्रस सेटलमेन्ट) सेवा, मौद्रिक व्यवस्थापन विभागबाट प्रवाह हुने सेवालगायत अन्य अत्यावश्यक सेवाहरु, अत्यावश्यकिय बैंकिङ सेवाहरुलाई नियमित गरिने बताएको छ।

यस्तै राष्ट्र बैंककाअनुसार कार्यालय हप्तामा २ दिन बिदा हुन थालेपछि साताभर सम्पन्न गरिएका कार्यहरुको सूची, दैनिकी तथा सेवा प्रवाहको संख्या अध्ययन तथा मूल्याङकनका लागि अभिलेखमा राखिने छ।

साभार : अन्नपुर्णपोष्ट अनलाइन

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds