१५ चैत २०८०, बिहीवार
(नेपाली समय)
१५ चैत २०८०, बिहीवार
नेपाली समय

ब्राजिलको राष्ट्रपतीय निर्वाचनमा लुला नै अग्रस्थानमा रहने : सर्भेक्षण

साओ पाओलो, ब्राजिल, २७ जेठ (रासस÷एएफपी) ः ब्राजिलमा आगामी अक्टोबरमा हुने राष्ट्रपतीय निर्वाचनमा लुइज इनासियो विगत लुला डे सिल्भा नै अग्रस्थानमा भएकोे आइतबार सार्वजनिक गरिएको एक सर्भेक्षणले देखाएको छ । दुई महिनादेखि जेलमा रहँदै आएका पूर्व राष्ट्रपतिदुई महिनादेखि जेलमा रहँदै आएका पूर्व राष्ट्रपतिको कार्यकाल ब्राजिलको अर्थतन्त्र सुधारका लागि महत्वपूर्ण भएको पाइन्छ ।
प्रतिवेदन अनुसार अझै पनि सवैभन्दा धेरै ब्राजिलियाली लुलाको पक्षमा देखिएका छन् । लुला सन् २००३ देखि २०१० सम्म राष्ट्रपति रहनुभएको थियो ।
सर्भेक्षण कम्पनी डाटाफोल्हाका अनुसार अहिले पनि ३० प्रतिशत ब्राजिली जनताले वर्कर्स पार्टीका नेता लुलाको पक्षमा मतदान गर्ने बताएका छन् ।
गत अप्रिल ७ देखि दक्षिणी शहर कुरिटिभामा रहेको प्रहरीको संघीय मुख्यालयमा कैदी जीवन विताइरहेका लुलालाई घुसका रूपमा अपार्टमेन्ट लिएको अभियोगमा १२ वर्षका लागि सजाय तोकिएको छ ।
बहत्तर सदस्यीय वामपन्थी नेता लुलाले भने आफूमाथि लगाइएको अभियोगको प्रतिवाद गर्दै आफू उक्त बिषयमा अनभिज्ञ रहेको बताउँदै आउनुभएको छ । उहाँले आफूमाथि राजनीतिक पूर्वाग्रहबाट उक्त आरोप लगाइएको दावी गर्दै आउनुभएको छ ।
यसपहिले अर्थात् लुलालाई जेल सजाय भएपछि तत्कालै गरिएको सर्भेक्षणमा पनि उहाँलाई ३१ प्रतिशत जनताको समर्थन देखिएको जनाइएको थियो ।
डाटाफोल्हाले सर्भेक्षण प्रतिवेदनमा भनेको छ, ३० प्रतिशत जनता लुलाको पक्षमा देखिएका भएपनि २१ प्रतिशत जनताले निर्वाचनलाई कुनै महत्व नदिएको बताए । यसैगरी १७ प्रतिशतले दक्षिणपन्थी समूहका उम्मेदवार जाइर बोल्सोनारोलाई समर्थन गरेका छन् भने १० प्रतिशत जनता पूर्व वातावरण मन्त्री मरिना सिल्भाको पक्षमा देखिएका छन् ।
लुलालाई उहाँको वर्कर्स पार्टीले पूर्ण समर्थन जनाउने शुक्रबार निर्णय गरेको थियो । उसले एक वक्तब्य जारी गरी भनेकोे छ, “वर्कर्स पार्टीले पूर्व राष्ट्रपति लुलालाई दिएको समर्थनलाई राष्ट्रपतीय निर्वाचन र यसको अन्तिम परिणाम आउँदासम्म पनि निरन्तरता दिनेछ ।”
लुलाको समयमा अर्थतन्त्रमा विकास भएको र उहाँले ल्याएका प्रमुख आयोजनाका कारण लाखौँ ब्राजिलियालीलाई अति गरिबीको रेखाबाट माथि उकासेको बताउने गरिन्छ ।
डाटाफोल्हाले देशभरका दुई हजार ८२४ मतदातासँग सर्भेक्षण गरेको थियो ।
रा.स.स.

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds