८ असोज २०८०, सोमवार
(नेपाली समय)
८ असोज २०८०, सोमवार
नेपाली समय

भाजपा विदेश विभाग प्रमुख चौथाइवाले उच्चस्तरीय भेटघाटमा

५ वैशाख, काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख विजय चौथाइवाले काठमाडौंमा उच्चस्तरीय राजनीतिक भेटघाटमा व्यस्त भएका छन् ।

चौथाइवालेले मंगलबार दिउँसो कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग छुट्टाछुट्टै भेट गरेका छन् ।

भेटमा नेताहरूसँग दुई पक्षीय सम्बन्धलाई मजबुत बनाउन जोड दिनुका साथै भाजपासँगको दलगत सहकार्यलाई बढाउने विषयमा कुराकानी भएको चौथाइवालेले सार्वजनिक गरेका छन् ।

सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा सुदूरपश्चिम विश्वविद्यालय र भारतका विभिन्न संघसंस्थाहरूको सहकार्यमा सम्पन्न मानसखण्ड सम्मेलनमा सहभागी हुन उनी नेपाल आएका हुन् । दिल्लीबाट सडकमार्ग हुँदै गत आइतबार धनगढी पुगेका उनी सोमबार नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवसँगै काठमाडौं आएका थिए ।

नेपालमा उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओलीलाई समेत भेट्ने योजना छ । उनी बिहीबार भारत फर्किने छन् ।

साभार : अनलाइनखबर अनलाइन

 
Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds