२० मंसिर २०८०, बुधवार
(नेपाली समय)
२० मंसिर २०८०, बुधवार
नेपाली समय

भायानेटका १ लाख ७० हजार ग्राहकको विवरण बाहिरियो

२६ चैत, काठमाडौं । इन्टरनेट सेवा दिने कम्पनी भायानेटका एक लाख ७० हजार पाँच सय ग्राहकको व्यक्तिगत विवरण सार्वजनिक भएको छ । ह्याकर समूहले कम्पनीको प्रणालीमा अनाधिकृत रुपमा प्रवेश गरेर ग्राहकको व्यक्तिगत विवरण लिएर सार्वजनिक गरेको हो ।

मंगलबार राति ह्याकर समूहले साइबर हमालामार्फत प्रयोगकर्ताको नामसहित इमेल, फोन नम्बर र ठेगाना सार्वजनिक गरेको हो ।

तथ्यांक चोरी भएको तथ्य एक टि्वटर ह्यान्डलमार्फत सार्वजनिक गरिएको थियो । कहिले र कसरी डाटा चोरी भएको भन्नेबारे कम्पनीले आन्तरिक अनुसन्धान सुरु गरेको इन्टरनेट सेवा प्रदायक संघ (ईस्पान)का एक पदाधिकारीले बताए ।

‘फुडमान्डुका ग्राहकको तथ्यांक यसरी गरी चोरेर सार्वजनिक गरिएको एक महिना नपुग्दै अर्को घटना हुनु दुःखद् छ,’ ती पदाधिकारीले भने,’यसमा प्रहरीले गम्भीर भएर अनुसन्धान गर्नुपर्छ ।’

साभार : अनलाइनखबर अनलाइन

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds