११ मंसिर २०८०, सोमवार
(नेपाली समय)
११ मंसिर २०८०, सोमवार
नेपाली समय

भारतमा एकैदिन ३१ सय ५७ जनामा कोरोना संक्रमण, २६ को मृत्यु

नयाँ दिल्ली : भारतमा पछिल्लो २४ घन्टामा थप ३१ सय ५७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। योसहित भारतमा कोरोना सक्रिय संक्रमितको संख्या १९ हजार ५ सय पुगेको छ। पाँच राज्यमा कोरोना संक्रमण तीव्ररुपमा फैलिरहेको बताइएको छ।

दिल्‍लीमा सबैभन्दा बढी १४ सय ८५ संक्रमित भेटिएका छन्।  हरियाणामा ४७९,केरलामा ३१४, उत्तर प्रदेशमा २६८ र महाराष्ट्रमा १६९ जनामा संक्रमण देखिएको हो।

पछिल्लो २४  घन्टामा कोरोनाबाट २६ जनाले ज्यान गुमाएका छन्। योसहित देशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ लाख २३ हजार ८६९ पुगेको छ। सोमबार ४०८ जना कोरोनामुक्त भएका छन्। पछिल्लो २४ घन्टामा ४ लाख ७१ हजार ८७ जनाले कोरोना जाँच गराएका छन्।

साभार : अन्नपुर्णपोष्ट अनलाइन

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds