१६ असोज २०८०, मंगलवार
(नेपाली समय)
१६ असोज २०८०, मंगलवार
नेपाली समय

भारतमा एकै परिवारका २६ जनालाई कोरोना संक्रमण

नयाँदिल्ली : भारतको नयाँदिल्लीस्थित जहांगिरपुरीमा एकै परिवारका २६ सदस्यलाई कोरोना भाइरसको संक्रमण देखिएको छ ।

दिल्लीका मुख्यमन्त्री करविन्द केजरीवालले पनि हालै भिडिओ सन्देशको क्रममा यसबारे जानकारी दिएका थिए । सबै जनतालाई घरभित्रै बस्न आग्रह गर्दै यसतो घटनाबारे उनले सुनाएका थिए ।

केजरीवालका अनुसार कतिपय मानिसहरु घरबाहिर घुम्ने र आफन्तकहाँ भेट्न जाने गरेका छन् । सोही कारण कोरोना प्रभावित क्षेत्र जहांगिरपुरीमा एकै परिवारका २६ सदस्यलाई कोरोना परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएको केजरीवालले बताए ।

उक्त क्षेत्रलाई संवेदशनील भनी आवतजावत रोकिए पनि स्थानीयहरु आफन्त र छिमेकीकहाँ भेटघाट गर्न जाने गरेकाले यस्तो संक्रमण फैलिएको केजरीवालले बताए । ‘लकडाउनको अवधिमा धेरै मानिसले समस्या झेल्नुपरेको छ, हामी यदी अनुशासित भएनौँ भने, हामीले दुख पाउनेछौँ, मानिसहरु मलाई त यो संक्रमण हुँदैन भन्ने सोच्छन् भने उनीहरु गलत छन्, तपाईँ मन्त्री हो कि, पियन हो, धनी हो कि गरिब हो, त्यसले यो संक्रमण लाग्ने कुरामा केही अर्थ राख्दैन, तपाईँको व्यवहारले मात्रै यसमा अर्थ राख्छ,’ केजरीवालले भने ।

ज्हांगिपुर क्षेत्रबाट ६० जनाको नमुना परीक्षण गरिएको थियो । जहाँ एकै परिवारका २६ सहित ३१ जनामा कोरोना संक्रमण देखिएको थियो । जहाँगिपुरमा गत मार्च २० मा नै एकजना संक्रमित भेटिएपछि यस क्षेत्रलाई संवेदनशील भन्दै बन्द गरिएको थियो । भारतमा हालसम्म १६ हजार ३ सय ६५ कोरोना संक्रमित भेटिएका छन् । ५ सय भन्दा धेरैको मृत्यु भइसकेको छ ।

साभार : अन्नपूर्ण पोष्ट अनलाइन

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds