२ असोज २०८०, मंगलवार
(नेपाली समय)
२ असोज २०८०, मंगलवार
नेपाली समय

भारतमा फेरि लम्ब्याइयो लकडाउन

नयाँदिल्ली : विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड-१९ को रोकथामका लागि भारत सरकारले लगाएको देशव्यापी लकडाउन फेरि लम्ब्याएको छ ।

आगामी मे ४ देखि थप दुई हप्ताको लागि लकडाउन थपिएको हो । शुक्रबार नरेन्द्र मोदी नेतृत्वको सरकारले यस्तो निर्णय गरेको हो । गृह मन्त्रालयले कोभिड विरुद्ध निर्देशिका जारी गर्दै लकडाउन उल्लंघन नगर्न सबै नागरिकलाई सूचित गरेको छ ।

तर कोरोना प्रभावको आधारमा ‘रेड जोन’, ‘ओरेन्ज’ र ‘ग्रीन जोन’ भनी सूचित गरिएको छ । सरकारले प्रभावित क्षेत्रमा जमघट तथा सभा सम्मेलनमा पूर्ण रुपमा रोक लगाएको छ । यसवाहेक लकडाउन अवधिभर धार्मिक तथा सांस्कृतिक भेलाहरु पनि प्रतिबन्धित छन् । साथै सवारी साधन आवत जावत रोक्नुका साथै स्कुल, कलेजहरु बन्द गरेको छ ।

साभार : अन्नपूर्ण पोष्ट अनलाइन

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds