२८ चैत २०८०, बुधवार
(नेपाली समय)
२८ चैत २०८०, बुधवार
नेपाली समय

मणि थुक्पा उद्योग पूर्वमै उत्कृष्ट

सुरुङ्गा, झापा, २८ जेठ (रासस) ः झापा अर्जुनधारा नगरपालिका–१० स्थित मणि थुुुुुुुुुुुुुुुुुुक्पा उद्योग प्रदेश नं. १ को उत्कृष्ट घरेलु तथा साना उद्योगको रुपमा पुरस्कृत भएको छ ।

खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागले दशौँ राष्ट्रिय खाद्य स्वच्छता दिवसको अवसर पारेर प्रदेश नम्बर १ मा रहेका उद्योगमध्ये मणि थुुुुुुुुुुुुुुुुुुक्पा उद्योगलाई उत्कृष्ट उद्योगको रुपमा पुरस्कृत गरेको हो ।

झण्डै १५ वर्ष अघि रु २० लाख लगानीमा डम्बरकुमारी श्रेष्ठले सञ्चालन गर्नुभएको उक्त उद्योगले पछिल्लो दुई वर्षयता रंङ र केमिकल रहित थुक्पासहित १५ प्रकारका खाद्य सामग्री उत्पादन गर्दै आएको छ ।

स्वास्थ्यका दृष्टिकोणले पोषणयुक्त खाद्य वस्तु उत्पादनमा उल्लेख्य भूमिका निर्वाह गरेको भन्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सो उद्योगलाई प्रदेश नंम्वर १ मा उत्कृष्ठ घरेलु तथा साना उद्योगका रुपमा पुरस्कृत गरेको हो ।

विभागले दशौँ राष्ट्रिय खाद्य स्वच्छता दिवस तथा दोस्रो खाद्य स्वच्छता महिनाको अवसरमा सात प्रदेशका सात उद्योगलाई पुरस्कृत गरेको बताइएको छ ।

स्वच्छ र गुणस्तरीय खाद्य उत्पादन नै उद्योगको प्रमुख प्राथमिकता हो, उद्योगका सञ्चालक श्रेष्ठले भन्नुभयो– “हामीले विगत दुई वर्षदेखि मिसावट रहित, रङ र केमिकल रहित खाद्य वस्तु उत्पादन गर्दै आएका छौँ ।”

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds