८ असोज २०८०, सोमवार
(नेपाली समय)
८ असोज २०८०, सोमवार
नेपाली समय

मध्यरातमा खोला दोहोन, रिपोटिङमा गएका पत्रकारलाई गुण्डाले लखेटे

जनकपुर : अदालतको अपमान गर्दै मध्य रातमा महोत्तरीको मरहा खोलाबाट तस्करले बालुवा-गिटी उत्खन्न गरिरहेका छन् ।  लकडाउनको मौका छोपेर गैरकानुनी रुपमा क्रसर संचालन गरिरहेका व्यवसायीको आवरणमा रहेका गुण्डाले नदीजन्य पदार्थ तस्करी गरिरहेका हुन् ।

गौशाला नगरपालिकाले लगाएको ठेक्‍कमा विपक्षीले अदालतमा मुद्धा लागेका थिए। अर्को आदेश नआएसम्म तत्कालका लागि खोला उत्खननमा रोक लगाइएको थियो । कोरोना भाइरसको महामारीबाट जनतालाई बचाउन प्रहरी-प्रशासन, स्थानीय सरकार व्यस्त रहँदा तस्करीले रातारात खोला अवैध उत्खन्न गरिरहेका छन् ।

लकडाउनमा गरिबहरु भोकभोकै भएको बेला तस्कर प्राकृतिक स्रोतको तस्करी गरिरहेका छन् । अवैध कार्यको रिपोटिङ गर्न गएका अन्नपूर्णकर्मी राजकरण महतो र उनका क्यामरा पर्सन विवेक महतोलाई तस्करहरुले लखेटेका छन् । 

नदी उत्खननको फोटो÷भिडियो खिच्दा तस्कार र क्रसर संचालकले पालेका गुण्डाहरुले अन्नपूर्णकर्मीलाई घेरेका थिए । अवस्था गम्भीर बन्दै गएपछि उनीहरु झुक्याएर घेराबन्दीबाट भागेका थिए। दुईवटा मोटरसाइकलमा आएका चारजनाले लखेट्न थालेपछि पत्रकार महतो मोटरसाइकल भगाएर गौशाला  ८ बेलगाछीस्थित खाल्टे बजार पुगेर इलाका प्रहरी कार्यालय गौशालालाई फोन गरेर गुहार मागेका थिए ।

इन्स्पेक्टर प्रकाश रेग्मीको टोली पत्रकारलाई सुरक्षा दिन खाल्टे बजार पुगेका थिए । पत्रकार महतो र क्यामरा पर्सनलाई प्रहरीले आफ्नै भ्यानमा राखेर खोला पुग्दा तस्करहरु क्रसरमा सवारीसाधन थन्काएर फरार भएका थिए ।

एक करोड १५ लाखमा महरा खोलाको ठेक्‍का गौशाला नगरपालिकाले गत फागुनको पहिलो साता ठेक्‍का लगाएको थियो । अनिष कन्ट्रक्सन जनकपुर-४ को पोल्टामा ठेक्‍का परेको थियो । प्रक्रिया पुरा नगरिकन ठेक्‍का लगाएको भन्दै अदालतमा विपक्षीले मुद्धा हालेका थिए । सूचना अधिकारी रञ्जित कुमार बर्माका अनुसार अदालतमा मुद्धा परेपछि खोला उत्खन्न रोकिएको छ। प्रहरी-प्रशासन, ठेकेदारलाई त्यसको जानकारी पठाइएसकिएको छ ।

क्रसरबालहरु मेसिन प्रयोग गरेर खोला खनिरहेको गौशाला नगरपालिका ८ भण्टाबारीका भोगिन्द्र साहनीले बताए । ‘क्रसर वालाले मरहा खोला दुवै किनारमा ६-७ वटा क्रसर मेसिर राखेका छन् । खोलाबाट खनेर त्यही थुपार्ने गरेका छन्,’उनले भने, ‘जथाभावी उत्खननले खोलाले बहाव परिवर्तन हुँदा उब्जाउ भूमी खोला बन्दै आएको छ ।’

स्थानीय गंगाई महतोका अनुसार अधिकार प्राप्त अधिकारीकै संरक्षणमा खोला उत्खनन भइरहेको हो। उनले भने, ‘तस्करले सार्वजनिक सम्पती लाइट बालेर रातभरी लुटिरहेका छन् । प्रहरी-प्रशासन, सरकारको आँखा बन्द छ । मर्ने भनेको जन्ता त हो नी ।’

‘अदालतको निर्णय आएपछि मात्र खोला खन्न ठेकेदारलाई भनेका थियौं, ‘गौशाला नगरपालिकाका मेयर शिवनाथ महतोले भने । नेपाल पत्रकार महासंघ महोत्तरीका अध्यक्ष कमलेश मण्डलले अवैध कामको रिपोटिङ गर्न गएका पत्रकारलाई धम्काउनु प्रेस स्वतन्त्रता विरोध कार्य भएको बताए । तुरुन्त अवैध कामको बन्द गराई पत्रकारलाई धम्काउने र लखेट्नेको खोजी गरी कारवाही गर्न उनले प्रहरी प्रशासनसँग माग गरेका छन् ।

साभार : अन्नपूर्ण पोष्ट अनलाइन

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds