८ असोज २०८०, सोमवार
(नेपाली समय)
८ असोज २०८०, सोमवार
नेपाली समय

मध्यरातमा हिँडेरै १६ हजारले काटे कान्ति लोकपथ

‘गर्भवती र बालबालिकाको बिजोग’

ललितपुर : छोटो दूरी तथा प्रहरीको न्यून उपस्थिती हुने भएकाले कान्तिलोकपथ हुँदै उपत्यकाबाट बाहिरिनेको संख्या उच्च रहेको छ। बागमती गाउँपालिकाको तथ्यांकअनुसार हालसम्म करिब १७ हजार मानिस कान्तिलोकपथ हुँदै बाहिरिएका छन्। तर, उनीहरूले भोगेको पीडा शब्दमा व्याख्या गर्न नसकिने प्रकृतिका छन्।

शनिबार मेघगर्जनसहित पानीमा एक सय जना मानिस भट्टेडाँडा पुगेका थिए। बागमती गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनकाअनुसार सिन्धुली, मकवानपुर, सर्लाही, बारा, रौतहटलगायत विभिन्न जिल्ला जाने यात्रुहरू देखिएका छन्। उनीहरूलाई खाना र सुत्ने व्यवस्था मिलाएर स्थानीय ठेकेदारहरूको सवारीमा गन्तव्यमा पुर्‍याइएको थियो। त्यही भीडमा फर्सीडोलबाट हिडेर त्यहाँ पुगेको सिन्धुलीका हरि मगरको टोली पनि थियो।

बागमती गाउँपालिकाका दीपकसमीर घिमिरे भन्छन्, ‘आज पनि ६०÷७० जना आउँदैछन् भन्ने सुनिएको छ। हिजोआज दैनिक तीन÷चार सय जना बाहिरिने गरेका छन्।’ कुनै–कुनै दिनमात्र बाहिरिनेको संख्या थोरै भए पनि अन्य दिनमा चाप बढी हुने उनले बताए। प्रहरीको आँखा छलेर मध्यरातमा हिँडेर बिहान दक्षिण ललितपुर पुग्नेको दुःख पनि अचम्मित पार्ने खालको रहेको उनी बताउँछन्।

प्रायजसो इँटा भट्टा र गलैंचा कारखानामा काम गर्नेहरूको भीड देखिएको उनले बताए। बाहिरिनेहरूलाई उद्दृत गर्दै उनले भने, ‘सरकारले दिने ५ किलो चामल कति दिन पुग्छ ? धेरै परिवार तथा बालबच्चा हुनेहरू मारमा परेका छन्।’ राहत लिनलाई नागरिकताको प्रमाणपत्र कतिपयसँग छैन। प्रमणपत्र नहुँदा अति विपन्नले राहत लिन पनि पाएका छैनन्। भौगोलिक हिसाबले बागमती गाउँपालिका निकै ठूलो छ।

कहिले एउटा र कहिले अर्को वडामा घर जानेको भीड पुग्नेगर्छ। वडा २ का अध्यक्ष नारायन घलेकाअनुसार ५ गते दुई सय २६ जनालाई वडाले खाने व्यवस्थापन गरेको थियो। ‘कुखुरा फर्म खाली थियो, केही त्यहीँ सुते, केहीलाई स्कुलमा भुइँमा त्रीपाल ओछ्याएर सुतायौं,’ घलेले भने, ‘गर्भवती र बच्चाहरू देख्दा मनै कटक्क भयो।’ भयंकर पानी परेकाले ओत लाग्न पाउँदा सबै खुसीले गदगद भएको उनले बताए। उनी भन्दै थिए, ‘एस्तो बन्दमा यति धेरै मानिस कसरी हिँडे अचम्म लागेको छ।’

वडा २ का अध्यक्ष बिजय लो र सदस्य रामबहादुर भोलुन पनि बटुवालाई खाना तथा पानीको व्यवस्थापन गर्दै गन्तव्यमा पुर्‍याउन लागि परेका छन्। ‘आफ्नै खर्चमा सुख्खा खानेकुरा र पानी बाँडिरहेका छौं,’ भोलुनले भने ‘तीन÷चार पटक गाडी खोजेर पठायौं।’ जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख भागीरथ पाण्डेयले यस विषयमा कुनै जानकारी नपाएको बताए। ‘खान नपाए फोन गर्न भनेका छौं, जसरी पनि खुवाउँछौं, राति–राति लुकेर हिँड्नेलाई के गर्न सकिएला र ? ’ खान नपाए सम्बन्धित स्थानीय तहलाई खानाको जोहो गर्न निर्देशनसमेत दिँदै आएको उनले बताए।

साभार : अन्नपूर्ण पोष्ट अनलाइन

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds