१ असोज २०८०, सोमवार
(नेपाली समय)
१ असोज २०८०, सोमवार
नेपाली समय

मन्त्रीसहित दुई प्रदेशसभा सदस्यले दिए राजीनामा

१० बैशाख जनकपुरधाम : एक मन्त्रीसहित दुई प्रदेशसभा सदस्यले राजीनामा दिएका छन्। आसन्न स्थानीय तहको निर्वाचनमा मेयरका उम्मेदवार बन्न मधेश प्रदेश सरकारका कानुन, न्याय तथा प्रदेशसभा मामिला मन्त्री प्रमोद यादव र शेख अबुल कलाम आजादले राजीनामा बुझाइसकेको प्रदेशसभा सचिवालयले जनाएको छ। शुक्रबार नै दुबै जनाले प्रदेशसभा सचिवालयमा आ–आफ्नो राजीनामा बुझाएको  प्रदेशसभाका निमित्त सचिव रञ्जित यादवले जानकारी दिए।

तत्कालीन नेकपा एमालेबाट मन्त्री यादव सिरहा निर्वाचन क्षेत्र नम्बर ३ को (ख) बाट निर्वाचित भएका थिए भने स्वतन्त्रबाट आजाद रौतहट निर्वाचन क्षेत्र नम्बर ४ ‘ख’ बाट विजयी भएका थिए।

मन्त्री पदबाट समेत राजीनामा दिन कागजी प्रक्रिया पूरा गरिरहेको मन्त्री यादवले बताए। उनी सिरहा नगरपालिकाको मेयरमा उठ्ने तयारीमा छन्। नेकपा एकीकृत समाजवादी पार्टीबाट उनी मेयरका लागि सिफारिस भएका हुन्।

त्यसैगरी सांसद अजाद स्वतन्त्र निर्वाचित भएपनि पछि जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका थिए। उनी गढीमाई नगरपालिकाबाट मेयर उठ्ने तयारीमा छन्। जसपाले उनलाई मेयरका लागि सिफारिस गरेको छ। गढीमाई नगरपालिकामा समेत गठबन्धन गर्ने प्रयास जारी रहे पनि हालसम्म हुन सकेको छैन्।

साभार : अन्नपुर्णपोष्ट अनलाइन

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds