१ वैशाख २०८१, शनिवार
(नेपाली समय)
१ वैशाख २०८१, शनिवार
नेपाली समय

मन्त्री यादवसँग बेल्जियमका राजदूतको शिष्टाचार भेट

काठमाडौँ, २९ जेठ (रासस) ः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवसँग नेपालका लागि बेल्जियमका गैरआवासीय राजदूत जन लुकिसले शिष्टाचार भेट गर्नुभयो । 

सिंहदरबारस्थित मन्त्रीको सचिवालयमा आज भएको भेटवार्तामा द्विपक्षीय चासो र हितका विषयमा छलफल भयो । सो अवसरमा मन्त्री यादवले विद्यमान व्यापार घाटा कम गर्न स्वदेशमै उद्योग स्थापना गरेर निर्यात बढाउने सरकारको लक्ष्य रहेको बताउँदै लगानीका लागि नेपालमा उपयुक्त वातावरण भएको बताउनुभयो 

आयातलाई घटाएर निर्यात बढाउने नीतिअनुसार सरकारले आफ्ना गतिविधि अगाडि बढाएको उल्लेख गर्दै उहाँले विशेष आर्थिक क्षेत्र (सेज) निर्माण गरी लगानीको वातावररण सिर्जना गरिएको बताउनुभयो । 

भेटका अवसरमा राजदूत लुकिसले राजनीतिक स्थिरता, स्पष्ट नीति नियम र निर्यात प्रणाली र पूँजीको संरक्षणबारे जिज्ञाशा राख्नुभएको थियो । राजदूतले नेपालमा उद्योग खोल्नको लागि भएका कानूनी प्रावधानबारे चासो दिनुभएको मन्त्री यादवका स्वकीय सचिव सन्तोष विष्टले जानकारी दिनुभयो । 

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds