२ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले भोलि शनिबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।
महानगरपालिका र नगरपालिकाका प्रमुख र उपप्रमुखको उम्मोदवारबारे छलफल गर्न कांग्रेसले बैठक बोलाएको हो ।
सत्तारुढ गठबन्धनमा महानगरपालिका र नगरपालिकाकाको भागवण्डाबारे सहमति भएको छैन ।
यसबारे केन्द्रीय संयन्त्रले नै टुंगो गर्ने सहमति भएको छ, तर ६ वटै महानगरपालिकामा मेयर नछाड्न कांग्रेस नेतृत्वमाथि तल्लो कमिटीहरबाट चर्को दबाव छ ।
साभार : अनलाइनखबर अनलाइन बाट