१७ असार २०७९, शुक्रवार
(नेपाली समय)
१७ असार २०७९, शुक्रवार
नेपाली समय

माधव नेपालसँग प्रधानमन्त्रीको छलफल

काठमाडौं : कोरोना भाइरस (केभिड–१९) को प्रभावले मुलुक लकडाउनमा रहेकै बेला सत्तारुढ दल नेकपाभित्रको आन्तरिक विवादको ‘मिलापत्र’ खोज्न प्रमुख नेताहरु जुट्न थालेका छन्। दुई दिनयता नेताहरुले द्विपक्षीय भेटलाई महत्व दिएका छन्।

सत्तारुढ पार्टीका दुई अध्यक्ष प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहालबीच शक्ति संर्घषका कारण नेकपा भित्रको आन्तरिक विवाद पेचिलो छ। पार्टीकै अध्यक्ष तहमा बढेको अविश्वास र असमझदारीले पार्टीमा धुव्रीकरण बढ्ने र आरोप÷प्रत्यारोप चुलिँदै जान थालेपछि नेताले आन्तरिक छलफल थालेका हुन्। शनिबार मात्रै दुई अध्यक्ष प्रधानमन्त्री ओली र दाहाल तथा आइतबार प्रधानमन्त्री ओली र वरिष्ठ नेता माधव नेपाल बीच द्धिपक्षीय वार्ता भएका छन्।

चैत २५ यता ओली–दाहाल तथा ओली–नेपाल बीचमा प्रत्यक्ष सम्वाद भएको थिएन। तर, शनिबार पार्टीका दुई अध्यक्षबीच झण्डै तीन घण्टा र आइतबार ओली–नेपालबीच झण्डै चार घण्टा प्रधानमन्त्री निवास वालुवाटारमा छलफल भएको स्रोतले जानकारी दियो।

‘प्रधानमन्त्रीले पार्टी नेतासँग आन्तरिक छलफल सुरु गर्नुभएको छ। दाहाल र माधव नेपालसँग उहाँले दुईदिनयता भेटवार्ता गर्नुुभएको छ। भेट असाध्यै सौहार्दपूर्ण ढंगले प्रारम्भ भएको छ’, प्रधानमन्त्री निकटले सुनाए।

ओली–दाहाल छलफलमा दाहालले पार्टीका बैठकहरु नियमित राख्नुपर्ने र आन्तरिक विवादका विषय पार्टीभित्रै छलफल गरी पार्टी निर्णयलाई कार्यान्वयन गरी जाने गरी अगाडि बढनुपर्नेमा छलफल केन्द्रित भएको स्रोत बताउँछ। नेपालले पनि प्रधानमन्त्री ओलीसँगको भेटमा पार्टीभित्रै निरन्तर बैठक आयोजना गरी देखिएका समस्या समाधान छलफलबाटै खोजी गर्नुपर्नेमा जोड दिएको बताइएको छ।

नेकपा स्थायी समिति सदस्य डा. वेदुराम भुषालले निरन्तर छलफल र वहसबाटै पार्टीभित्र देखा परेका समस्याको समाधान खोज्न नेता जुटनुपर्ने र त्यसको थालनीमा अहिले नेताहरु लागेको हुनसक्ने बताए।

‘सरकारका काम प्रभावकारी बन्न सकिरहेका छैनन, त्यसलाई पनि प्रभावकारी बनाउने र पार्टीभित्रका आन्तरिक बहसका विषयलाई पनि समाधान गर्दै जानका लागि पनि निरन्तर पार्टी बैठकहरु आयोजना गर्ने र छलफल गर्नुपर्ने हुन्छ, यसमा नेताहरु लाग्नुपर्छ’, भुषालले अन्नपूर्णसँग भने।

नेकपाभित्र अमेरिकी सहयोग नियोग (एमसीसी), उपाध्यक्ष वामदेव गौतमलाई मनोनित कोटामा राष्ट्रिय सभा पठाउने पार्टी निर्णयदेखि पछिल्लो समय अध्यक्ष दाहालले अगाडि सारेको सर्वदलीय संयन्त्रसम्मका विषयमा प्रधानमन्त्री ओली र अर्काे खेमाका नेताको समूहबीच विवाद छ।

शनिबार प्रधानमन्त्री ओलीले दाहालसँगको भेटपछि सरकारी सञ्चारमाध्यमलाई संयुक्त रुपमा दिएको अन्तर्वार्तामा दाहाललाई जवाफ फर्काउँदै भनेका थिए, ‘यो प्रश्न म तिनैलाई सोध्न चाहान्छु कि आज कोरोनाविरुद्धको लडाइमा कुन देशमा यस्तो संन्यत्र गठन भएको छ ? विश्वका कतिपय देशमा संयुक्त सरकार छन्, कुनै अल्पमतका सरकार छन्। त्यस्तो अवस्थामा पनि कुनै मुलुकमा सरकार भन्दामाथि अर्काे संयन्त्र छ ? कुन प्रजातान्त्रिक वा ब्यवस्थाको मुलुकको छ ? ’

दाहालसँगको छलफलपछि ओलीले सरकारी सञ्चारमाध्यमलाई दिएको अन्र्तवार्तामा ब्यक्त धारणावाट पनि दुई अध्यक्षका वीच अझै विश्वासको वातावरण वन्न नसकेको प्रष्टै वुझन सकिन्छ।

पार्टीभित्रका अन्तरसंर्घषको हल खोज्नका लागि पनि सामाजिक सञ्जालका आरोप÷प्रत्यारोप रोक्नु पर्ने आवाज उठन थालेको छ। प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले सामाजिक सञ्जालका कटाक्ष रोकी पार्टीभित्रको एकता सुढृढ गर्नुपर्ने बताएका छन्। उनले आइतबार नै सामाजिक सञ्जालमा टिप्पणी गर्दैं भने, ‘पार्टी एकता सुढृढ गर्दै कोभिड १९ विरुद्द सिंगो राष्टको नेतृत्व गर्ने बेला सरकार र पूर्व समूहप्रतिको एक अर्काको कटाक्ष बढी भो, रोकौं।’

माधव फकाउने प्रयास

दाहाल र ओलीबीचको संवाद अझै सकारात्मक बन्न सकेको छैन। तर त्यहीबीच ओलीले वरिष्ठ नेता माधव नेपाललाई फकाउने प्रयास भने जारी नै छ। आइतबारको चार घण्टा लामो भेटवार्ता पनि त्यसै श्रृंखला मध्येकै भएको नेपाल निकट एक नेताले बताए। १४ फागुनमा उपाध्यक्ष गौतमलाई सरकारको सिफारिसमा राष्ट्रपतिको मनोनित कोटामा राष्ट्रिय सभा पठाउने पार्टी सचिवालय निर्णयपछि ओली वरिष्ठ नेता नेपाल फकाउने प्रयासमा छन्।

सभामुख चयन, एमसीसी सदनबाट अनुमोदन गर्ने प्रस्ताव, वामदेव प्रकरण सम्ममा पार्टी सचिवालय भित्रै देखिने गरी अल्पमतमा परेपछि ओलीले नेपाललाई फकाउने प्रयास थालेका हुन्। त्यसका लागि उनले आफु दो श्रो पटक मिर्गाैला प्रत्यारोपणका लागि अस्पताल बसेदेखि नै प्रयास थालेका थिए। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलदेखि आफ्ना मुख्य सल्लाहकार विष्णु रिमाल, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलसम्मका नेतालाई नेपालकै निवास पठाएर पनि ओलीले नेपाललाई फकाउने प्रयास थालेका थिए।

अस्पतालबाट बालुवाटार फर्केपछि पनि उनले नेपालसँग कयौं चरण एक्ला एक्लै भेटवार्ता गरेका छन्। नेपालले अहिलेसम्म पार्टीभित्रको विवादमा आफूले विधि र पद्धतिमै जोड दिएको भन्दै पक्षधरता नै भने खुलाई सकेका छैनन्।

साभार : अन्नपूर्ण पोष्ट अनलाइन