१६ असोज २०८०, मंगलवार
(नेपाली समय)
१६ असोज २०८०, मंगलवार
नेपाली समय

‘मानव तस्करीलाई नेपालले गम्भिर रुपमा लिएको छ ’–गृहमन्त्री बादल

काठमाडौँ, २२ साउन । गृहमन्त्री रामबहादुर थापा‘बादल’ले मानवतस्करी, बेचविखन र यस सम्बन्धी अन्तरदेशिय अपराधलाई नेपालले गम्भिर रुपमा लिएको बताउनुभएको छ ।

ईण्डोनेसियाको बालीमा सोमबारबाट जारी ‘ मानवतस्करी, बेचविखन र अन्तरदेशिय अपराध ’ सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनलाई आज त्यहाँ संवोधन गर्दै गृहमन्त्री थापाले ठुलो संख्यामा नेपालीहरु वैदेशिक रोजगारीको जाने गरेका कारण पनि यो विषयलाई आफुहरुले गम्भिर रुपमा लिएको बताउनुभयो ।

उहाँले दिगो मानव विकास, कानुनी शासन र नागरिक सुरक्षाका लागि मानतस्करी र वेचविखन बाधकको रुपमा देखा परीरहेको टिप्पणी गर्नुभयो ।

गृहमन्त्री थापाले मानवतस्करी, बेचविखन र अन्तरदेशिय अपराधको सम्बन्धी विषयमा राष्ट्रहरुबीच सूचना आदानप्रदान र कानुन कार्यान्वयन गर्ने निकायहरुबीच सहकार्य गर्न जारी सम्मेलनले सहजता प्रदान गर्ने विश्वाँस व्यक्त गर्नुभयो ।

उहाँले बिभिन्न देशमा रहेका आप्रवासी कामदारको हितका लागि समेत यो सम्मेलनले दिशा निर्देश गर्ने आशा व्यक्त गर्नुभयो ।
आज सम्पन्न हुने सातौ मन्त्रीस्तरीय सम्मेलनमा बिभिन्न देशका गृहमन्त्री र उच्च सरकारी अधिकारीहरु सहभागी छन् । सन २००२मा बालि प्रोसेसको नाममा यो सम्मेलनको आयोजना गर्न सुरु गरीएको हो ।

नेपाल सहित चिन, भारत, अस्ट्रेलिया लगायत ४५ सदस्य राष्ट्र र संयुक्त राष्ट्रसंघिय एजेन्सीहरु आईओएम, युएनएचसिआर र युएनओडिसी सम्मेलनको सदस्यको रुपमा रहेका छन् ।

गृहमन्त्रालयको चारसदस्यीय टोलीको नेतृत्व गर्दै गृहमन्त्री थापा गत आईतबार त्यसतर्फ प्रस्थान गर्नुभएको थियोे । उहाँ साउन २३ गते नेपाल फर्कने कार्यक्रम रहेको छ ।

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds