२१ असार २०७९, मंगलवार
(नेपाली समय)
२१ असार २०७९, मंगलवार
नेपाली समय

‘माया जदौ’ करोड क्लबमा, तर रिलिज हुन पाएन फिल्म

चलचित्र ‘हिजो आजका कुरा’को पहिलो गीत ‘माया जदौ’लाई युट्युबमा एक करोड भन्दा बढी पटक हेरिएको छ । साढे २ महिना अगाडि युट्युबमा सार्वजनिक भएको यो गीतलाई एक करोड भन्दा बढी पटक हेरिएको छ ।

९४ हजार लाइक यो गीत दर्शकहरुले मन पराएका छन् । गीत सार्वजनिक भएपछि यसको दृश्य बलिउड चलचित्र ‘ओम शान्ती ओम’को शिर्ष गीतसँग मिल्न गएको भनेर पनि चर्चा भएको थियो ।

तर, लोक शैलीको यो गीतले दर्शकको मनमा भने राज गरेको छ ।

चलचित्र ‘हिजो आजका कुरा’ वैशाखको १२ गतेबाट रिलिज हुनुपर्ने हो । तर, कोरोना भाइरसका कारण जारी लक डाउनका कारण चलचित्र रिलिज हुन पाएन । चलचित्र रिलिज नहुँदा यो गीतले दर्शकको माया त पायो, तर चलचित्रलाई भने फाइदा कम हुने देखिएको छ ।

किनकी, गीतलाई दर्शकले निकै मन पराएको समयमा चलचित्र रिलिज हुँदा त्यसले फाइदा गर्छ । तर, चलचित्र रिलिज हुनका लागि अझै केही महिना कुर्नुपर्ने निश्चित छ ।

गीतमा चलचित्रका मुख्य कलाकार सन्तोष पन्त, रमा थपलिया, रीमा विश्वकर्मा लगायतलाई देख्न सकिन्छ । गीतमा दीपाश्री निरौला, केदार घिमिरे, जीतु नेपाल, मदनकृष्ण श्रेष्ठ, गौरी मल्ल, मिथिला शर्मा लगायतका अतिथी कलाकारले पनि अभिनय गरेका छन् ।

दीपक शर्माको संगीतमा तयार यो गीतमा आनन्द अधिकारीको शब्द, रामकृष्ण ढकाल र मेलिना राइको स्वर छ ।

साकार पन्तको निर्देशनमा तयार भएको यस चलचित्र अब कहिले रिलिज हुने हो भन्ने पत्तो छैन ।

साभार : अनलाइनखबर अनलाइन