९ चैत २०८०, शुक्रवार
(नेपाली समय)
९ चैत २०८०, शुक्रवार
नेपाली समय

यार्सासहित चार पक्राउ

रसुवा, २८ जेठ (रासस) ः अवैध रुपमा ल्याइएको यार्सा गुम्बासहित रसुवागढी नाका हुँदै नेपाल प्रवेश गरेका चार युवालाई नेपाल प्रहरीले आज पक्राउ गरेको छ ।

प्रहरी प्रमुख शरतकुमार थापा क्षेत्रीका अनुसार नेपाल चीनबीचको रसुवागढी नाका मितेरीपुलबाट कन्टेनरको डिब्बामा लुकाइल्याएको ८१० ग्राम यार्सागुम्बासहित रसुवा गोसाइँकुण्ड गाउँपालिका–१ का इमान घले, सूर्यबहादुर घले र जिल घले तथा नौकुण्ड गाउँपालिका–२ का मंगल तामाङलाई पक्राउ गरिएको हो ।

अभियुक्त चारै जनालाई कारवाहीका लागि आजै लाङटाङ राष्ट्रिय निकुञ्जमा बुझाइएको छ । बरामद गरिएको यार्सागुम्बाको मूल्य खुलाइएको छैन ।

2018-06-11 19:45

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds