योगले सकारात्मक सोचको विकास हुन्छ : प्रमुख कायस्थ

महेन्द्रनगर, धनुषा, ७ असार (रासस) : नेपाल समृद्ध बनाउन सबै नेपाली स्वस्थ हुनुपर्ने र यसका लागि योग महत्वपूर्ण हुने प्रदेश नं २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले बताउनुभएको छ । 

चौथो अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा भारतीय महावाणिज्य दूतावास वीरगञ्जद्वारा जनकपुरको जानकी मन्दिरमा आज आयोजित योग अभ्यास कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । 

उहाँले योगका माध्यमबाट शारीरिक तथा मानसिक स्वास्थ्य लाभसमेत लिन सकिने र योगले सकारात्मक सोचको विकास हुनुका साथै आत्म ज्ञानकोसमेत प्राप्ति हुनेहँुदा मानव जीवनमा योग अत्यन्तै लाभकारी रहेको विचार व्यक्त गर्नुभयो । 

सो योग कार्यक्रममा प्रदेश नं २ प्रदेश प्रमुख, मुख्यमन्त्री, भारतीय महावाणिज्य दूतावासका कन्सुलर तथा योगगुरु , साधक साधिकालेसमेत योग गरेका थिए । 

सो कार्यक्रममा प्रदेश प्रमुख, मुख्यमन्त्री राउत, योगगुरुसहितलाई मायाको चिनोका साथै दोसल्ला ओढाइ सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *