अमेरिकी नागरिक जर्ज फ्लोइडको प्रहरी क्रूरताबाट मृत्यु भएपछि पुनःजागृत भएको “ब्ल्याक लाइफ म्याटर” आन्दोलनले इतिहासमा कालाजातिका मानिसहरुलाई दास बनाउने, उनीहरुको व्यापार गर्ने, उनीहरुमाथि अनेक प्रकारका शोषण र विभेद गर्ने महासामन्तका सालिकहरुलाई निशाना बनाएका छन् । यस्तो निशानामा पर्नेहरुमा अमेरिकी महादेशको खोजी गर्ने क्रिस्टोफर कोलम्बस, बेलायती दासदासी व्यापारी एडवार्ड कोल्सटन र रबर्ट मिलिगन, स्काउटका संस्थापक बाडेन पावेल, भारतका राष्ट्रपति महात्मा गान्धी, विश्वकै चतुर मानिएका बेलायती प्रधानमन्त्री विस्टन चर्चिललगायत छन् ।
इटालियन अन्वेषक क्रिस्टोफर कोलम्बस (१४५१–१५०६) लेअमेरिकी महादेशका आदिवासीहरुलाई निर्ममतापूर्वक दमन गरेको, उनीहरुका लास माथि परेड खेलेको,बलात्कार गरेको, नाक–कान काटेर आफ्नो दास बनाएको, अमेरिकी आदिवासीको संस्कृति विनास गरेको लगायतका अत्याचारका बारेमा ४८ पृष्ठ लामो निवेदन स्पेनको राजदरबारमा उतिबेलै बुझाइएको थियो । अहिले अमेरिकाको बोस्टोन, न्युयोर्क र ह्युस्टन सहरहरुमा कोलम्बसको मूर्ति तोडफोड गर्ने वा रंग पोत्ने गतिविधि गर्दै प्रदर्शनकारीहरुले “इतिहासको दमनकर्तालाई यहाँबाट हटाऊ” भनी लेखेका छन् ।
साभार :अनलाइनखबर अनलाइन