१३ चैत २०८०, मंगलवार
(नेपाली समय)
१३ चैत २०८०, मंगलवार
नेपाली समय

रघुगंगा आयोजनामा ठेकेदार परिचालन

बाबियाचौर, म्याग्दी, ३१ जेठ (रासस) : रघुगंगा जलविद्युत् आयोजनाको काममा ठेकेदार परिचालन गरिएको छ । 

नेपाल विद्युत् प्राधिकरणको शत्प्रतिशत लगानी रहेको ४० मेगावाट क्षमताको रघुगंगा आयोजना निर्माणका लागि ६ महिना अगाडी ठेक्का सम्झौता भएको थियो । भारतीय कम्पनी जेपी एशोसिएट्सले कार्यक्षेत्रमा प्रारम्भिक चरणको नक्साङ्कनको काम शुरु गरेको कम्पनीका प्रबन्ध सञ्चालक श्रीराम पाण्डेले बताउनुभयो । 

ऋण लगानीकर्ता भारतीय एक्जिम बैंकले जेठ १० गते ठेक्का सम्झौताको स्वीकृति दिएको हो । कम्पनीले डिजाइन र व्यवस्थापनको काम शुरु गरेको छ भने बाँध, सुरुङ र विद्युत्गृहको काम एकसाथ अघि बढाउने कार्ययोजना बनाएको छ । 

आगामी ३९ महिनामा आयोजनाबाट विद्युत् उत्पादन गर्ने सम्झौतामा उल्लेख छ । आयोजना निर्माणको चरणमा प्रवेश गरेपछि स्थानीय बासिन्दाले लगानीको अवसर पाउनेछन् । यसअघि छनोट भएको भारतको आइभिआरसिएल प्रोजेक्ट लिमिटेडले काम गर्न नसकेपछि ठेक्का तोडेर नयाँ प्रक्रियाबाट आयोजना निर्माण गर्न लागिएको हो । 

आयोजना नदीको बहावमा आधारित छ । यसको सम्भाव्यता अध्ययन सन् १९९८ मा भई सन् २००८ मा अद्यावधिक गरेको हो । आयोजनाका लागि आवश्यक २८२ रोपनी जग्गा अधिग्रहण गरिसकेको छ । आयोजना म्याग्दीको रघुगंगा गाउँपालिकाको पिप्ले, झीँ र दग्नाममा पर्छ । झीँ र दग्नामको सीमामा बाँध रहेको आयोजनाको विद्युत्गृह पिप्लेको तिल्केनीचौरमा रहने बताइएको छ । 

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds