७ वैशाख २०८१, शुक्रवार
(नेपाली समय)
७ वैशाख २०८१, शुक्रवार
नेपाली समय

राष्ट्रिय शहीद स्मारकमा रैथाने जातका वृक्षरोपण

काठमाडौँ, २८ जेठ (रासस) ः विश्व वातावरण दिवसका अवसरमा युनेस्को आबद्ध संघसंस्थाको राष्ट्रि«य महासंघ नेपालले राष्ट्रि«य शहीद स्मारक निर्माण स्थल गोकर्णमा वृक्षरोपण गरेको छ ।

रिट्ठा, तेजपत्ता, सुगन्धकोकिला, धूपीलगायत रैथाने जातका पाँच फिट अग्ला ५० वृक्षरोपण गरिएको महासंघका वातावरण समिति संयोजक राजकुमार केसीले राससलाई जानकारी दिनुभयो ।

परापूर्वकालदेखि त्यहीँ हुने बिरुवा रोपे तीव्ररुपमा भइरहेको जलवायु परिवर्तनले पार्ने प्रभावलाई कम गर्न सकिने भएकाले स्थानीय जातका वृक्षरोपण गरिएको उहाँले बताउनुभयो ।

कार्यक्रमलाई महासंघका अध्यक्ष आनन्दराज त्रिपाठी, लायन्स क्लबका पूर्वडिस्ट्रिक्कट गभर्नर कुमारराज सुवेदी, फुलारी गुम्बा कपनका सचिव छयाङ्छुक गुरुङ, जनजागृति माध्यमिक विद्यालयका प्रधानाध्यापक रामकाजी गौतमलगायतले वातावरणीय सन्तुलनका लागि स्थानीय जातकै बिरुवा रोपेर हुर्काइनुपर्नेमा जोड दिनुभयो ।

रोपिएका विरुवा शहीद स्मारकले हुर्काउने जिम्मेवारी लिएको सो अवसरमा जानकारी गराइयो ।
2018-06-11 18:55

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds