१६ असोज २०८०, मंगलवार
(नेपाली समय)
१६ असोज २०८०, मंगलवार
नेपाली समय

राहत नपाएपछि आन्दोलित

मलंगवा : आफूहरुको भाग काटेर धनीलाई राहत वितरण गरिएको भन्दै चक्रघट्टा गाउँपालिका ५ पडरियाका दलित समुदाय आन्दोलित बनेका छन् ।  विपन्न गरिब दलित परिवार राहत माग्दै सोमबार जिल्ला प्रशासन कार्यालय मलंगवा आएका छन् । लकडाउनका कारण दैनिकी कष्टकर बन्दै गएको र वडा कार्यालयबाट राहत नदिएको भन्दै धर्ना दिन जिल्ला प्रशासन कार्यालय मलंगवा आएको उनीहरुले बताए। 

वडाध्यक्षले राहत पाउने सूचीमा आफूहरुको नाम समावेश गरेको छैन् । आफ्नो भागको राहत धनीलाई दिएपछि न्यायको खोजीमा जिल्ला प्रशासन कार्यालयमा आएको बताए।

लाखौ रुपैयाँ ब्याजमा लगानी गर्नेलाई वडाअध्यक्षले राहत दिएको रामकैलाश रामले आरोप लगाएका छन् । राहत वितरणमा निकै अनियमितता गरेको छ । राहत पाउने व्यक्तिलाई राहत नदिइ धनी वर्गलाई वडाध्यक्षलगायतले राहत वितरण गरेको छ ।४० घर दलित छन्। कसैलाई पनि राहत दिएको छैन् । खानाको अभावमा भोकै बसेकालाई राहत नदिई हुनेखानेलाई दिएपछि बाध्य भएर आफूहरु जिल्ला प्रशासन कार्यालयमा न्यायका लागि गुहार माग्न आएको उनीहरुले बताए।

उनीहरुका अनुसार दुई तल्ले तीन तल्ले इँट्टाको घर छ । लाखौं रुपैयाँ ब्याजमा लगानी गरेको छ । त्यस्तालाई राहत दिएको छ । दलितको नाम पनि राहतको सूचीमा समावेश गरेको छैन् । ३० किलो चामल, २ किलो दाल, २ किलो चिनी, २ लिटर खाने तेल वितरण गछौं भनेर सूची बनाएर आयो । तरपछि सबैको लागि राहत आएको भन्दै धनी वर्गलाई राहत दिएको रामले आरोप लगाएका छन् ।

सोमबार आएको हावाहुरीले घर ढलेको संझादेवी रामले बताइन्। उनले भनिन्,’ घरमा खानको लागि छैन् । आजसम्म भोकै बस्दै आएका थियौं । अब त घाम पानीबाट कसरी बच्ने त्यो पनि चिन्ता थपिएको छ । घरमा ४ छोरी र श्रीमान लगायत ६ जना छौं ।’

‘कमाउने एकजना श्रीमान मात्र छ । त्यो पनि महिना दिनदेखि त्यतिकै बसेको छ । कसरी गुजारा गर्ने ? राहतको चामल दाल पनि पाएनौं । आफ्नो भाग काटेर सयौं क्वीन्टल धान भकारीमा राखेकाहरुले राहत पायो , उनले भनिन्,’ तर, आफूहरुले पाएनौं ।’

आन्दोलित बनेका परिवारको राहत वडा कार्यालयमा राखेको वडाध्यक्ष नागेन्द्र प्रसाद साहले जानकारी दिएका छन् । उनीहरुका लागि १५ किलो चामल, १ किलो दाल, १ किलो नुन र १ लिटर तेल १० दिनदेखि वडा कार्यालयमा राखिएको छ । 

‘लिन नआएपछि मैले के गर्ने ? केही व्यक्तिको उक्साहटमा उनीहरु आन्दोलन गर्न पुगेका छन् । वडामा बढीमा ५ सय ५० घरधुरी छ । जसमध्ये ४ य ७६ परिवारलाई राहत सामग्री वितरण गरिएको,’ वडाध्यक्ष साहले भने।

वडावडाबाट आएको विवरण अनुसार गाउँपालिकाबाट राहत दिइएको गाउँपालिका अध्यक्ष बिक्रम राय यादवले बताए। कोही पनि विपन्न परिवार नछुटोस् भनेर राहत १२ दिन पहिले नै आफूले राहत पठाएको उनले बताए । राहत नपाएका घटनालाई चाँडै राहत दिने अध्यक्षले बताए।उनका अनुसार ४४ सय घरधुरीलाई राहत वितरण गरिएको छ।

साभार : अन्नपूर्ण पोष्ट अनलाइन

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds