१६ असोज २०८०, मंगलवार
(नेपाली समय)
१६ असोज २०८०, मंगलवार
नेपाली समय

राहत वितरण गर्न गएका वडाअध्यक्षमाथि कुटपिट

इटहरी : राहत वितरणमा भेदभाव गरेको भन्दै सुनसरीको इनरुवा नगरपालिकाका एक जना वडाध्यक्ष कुटिएका छन् । राहत वितरणका लागी इनरुवा ८ स्थित दलित वस्तीमा पुगेका वडाअध्यक्ष रविन्द्र मण्डललाई स्थानीयले कुटपिट गरेका हुन् ।

राहत वितरणको तयारी हुँदै गर्दा स्थानियहरुले वडाअध्यक्ष रविन्द्र मण्डललाई चारैतर्फबाट घेरा हालेर कुटेका थिए । स्थानीयले उनीमाथि लाती मुक्काले हिर्काएका थिए ।

वस्तीमा हुनेखानेलेसमेत राहत मागेको तर आफूले अतिविपन्नलाई मात्र राहत दिने बताएपछि केही मानिसले हातपात गरेको बताए । कुटपिट सुरु भएपछि प्रहरीले तत्कालै वडाअध्यक्षको सुरक्षाका लागि प्रहरी पठाएको थियो । 

साभार : अन्नपूर्ण पोष्ट अनलाइन

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds