रिलिफ सोसाइटी अफ कमर्स, बीरगन्जद्वारा बन्दी गृहमा न्यानो कपडा वितरण

आज पौष ४ गते, सुक्रबार विरगन्ज बिहान ९.३० बजे बीरगन्ज बन्दी सुधार गृह (कारागार)मा वृद्ध, अशक्त तथा महिला कैदीहरmको निमित्त रिलिफ सोसाइटी अफ कमर्स, बीरगंजको आयोजनामा न्यानो लुगा वितरण गर्ने कार्यव्रmम विधीवत सुसम्पन्न भयो । सोसाइटीका अध्यक्ष अशोक कुमार लाठको सभापतित्व तथा पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी जितेन्द्र वस्नेत ज्यूको विशिष्ट आतिथ्यमा सुसम्पन्न सो कार्यव्रmममा कुल ५९६ थान न्यानो लुगा वितरण गरिएको थियो । कारागार परिसरमा न्यानो लुगा वितरण गरिए पश्चात बाल सुधार गृहमा बन्दी जीवन विताइरहेका नाबालकलाई समेत ८६ थान न्यानो लुगा वितरणको कार्यव्रmम पनि गरिएको थियो ।
रिलिफ सोसाइटीका अध्यक्ष, अशोक कुमार लाठले “न्यानो लुगा वितरणको कार्यव्रmम चरणबद्ध रmपमा जारी नै रहेनछ”भनेर जानकारी गराउनु भयो । सम्मानिय प्रधानमन्त्रीका पूर्व जनसम्पर्क सल्लाहकार अच्युत मैनालीले सम्पूर्ण परोपकारी मन प्रति आभार प्रकट गर्नु हुँदै भन्नु भयो, “मान्छे जन्मेदेखि अपराधी हुदैन, संगत, समय र परिवन्दमा परेर पनि बन्दी जीवन विताइ राखेका हुन्छन् । कहिले काँही कुनै अपराध नगर्दा पनि बन्दीजीवन बिताउनु परेको हुन्छ ।”“सम्मानिय प्रधानमन्त्री लगायत आफु पनि राजनैतिक बन्दी भएर कारागारमा लामो समय विताएका थिए । कारागार भित्र थुप्रै कुरो सिक्न पाइदो रहेछ । यस अर्थमा कारागारलाई विश्वविद्यालय पनि भन्दा हुन्छ,” भनेर मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
नेपाल भारत सहयोग मञ्चका केन्द्रिय अध्यक्ष अशोक बैद्यले आप्mनो मन्तब्य राख्दै भन्नु भयो, कारागार भित्र रहने पनि मान्छे नै हो । यसर्थ मानवताको लागि पनि कारागारका बन्दीहरmलाई बेलाबखत सहयोग गरिराख्नु पर्ने हुन्छ । दाताहरmले प्रदान गरेको सहयोगको दुरुपयोग नहोस् अन्यथा यस्ता पुण्य कार्यमा सामेल हुन पाएकोमा सम्पूर्ण दाताहरm आफै गौरान्वीत भएका छन् र आगामी दिनमा समेत यस्ता पुण्य कार्यमा बीरगञ्जका उदार मनहरm पछाडि हट्दैनन् भनेर विश्वास प्रकट गर्नु भयो ।
सो कार्यव्रmममा लायन्स क्लब अफ बीरगञ्ज आदर्शनगरको समेत समुपस्थिति रहेको थियो । आउँदो एक दुई दिन भित्रै कारागार परिसर भित्र स्थित समता स्कुलमा अध्ययनरत साना बाल(बालिकाहरुको निमित्त न्यानो कपडा तथा टोपी वितरणको कार्यव्रmम रहेको भनेर क्लबका अध्यक्ष राजेश अग्रवालले जानकारी गराउनु भयो । सो कार्यव्रmममा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) पर्साका अध्यक्ष प्रभु हजरा, नेपाल पत्रकार महासंघ, पर्साका सभापति श्याम बन्जारा, अभियान दैनिकका क्षेत्रिय ब्युरो संयोजक ओमप्रकाश खनाल, प्रध्यापक बालगोपाल थापा, समाजसेवी अरविन्द सिंह, अशोक वैद्य, अशोक टेमानी, प्रदिप केडिया, गणेश लाठ, सन्तोष श्रेष्ठ, महेश सारावगी, बिजय गुप्ता, निरज अग्रवाल, पवन सिस्का, संजिव शर्मा, बसन्त लोहिया, सन्तोष जैन लगायत विभिन्न महानुभावहरु समेतको विशेष उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *