२१ मंसिर २०८०, बिहीवार
(नेपाली समय)
२१ मंसिर २०८०, बिहीवार
नेपाली समय

रेडियो नेपालका कार्यकारी निर्देशकले दिए राजीनामा

२८ जेठ, काठमाडौं । रेडियो नेपालका कार्यकारी निर्देशक सुरेश कुमार कार्कीले पदबाट राजीनामा दिएका छन् ।

कार्कीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई मंगलबार राजीनामा पेश गरेको जानकारी दिए ।

२०६९ मंसिर १९ गतेदेखि पहिलो कार्यकालको चार वर्ष पूरा गरेका कार्की पुनः २०७३ माघ ६ गतेदेखि अर्को कार्यकालका लागि पनि नियुक्त भएका थिए । तर कार्यकाल पूरा हुनुभन्दा सात महिना अगाडि नै कार्कीले राजीनामा दिएका हुन् ।

उनले आफ्नो राजीनामा पत्रमा स्वेच्छाले पदबाट राजीनामा दिएको उल्लेख छ ।

साभार :अनलाइनखबर अनलाइन

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds