१० कार्तिक २०७८, बुधवार
(नेपाली समय)
१० कार्तिक २०७८, बुधवार
नेपाली समय

लकडाउनमा मनको स्याहार कसरी गर्ने ?

गोपाल ढकाल

कोरोनाको संक्रमण नफैलियोस भनेर नेपालमा पनि लकडाउन अर्थात् बन्दाबन्दी गरिएको छ। रोगको महामारी हुँदा शारीरिक स्वास्थ्यमा असर पर्ने त हुने नै भयो। साथै मानसिक स्वास्थ्य समस्याको जोखिम पनि बढेर जान्छ।

शरीर र मन एक अर्काका परिपुरक हुन्। शरीरमा समस्या आउदा मनमा पनि असर पर्छ। साथै मनमा समस्या आउदा शारीरिक  लक्षणहरु पनि देखिन सक्छन्। लकडाउनको समयमा सेल्फ क्वारेन्टाइन वा सेल्फ आइसोलेसनमा बस्दा आफ्नो मानसिक स्वास्थ्यमा पनि विशेष ध्यान पुर्याउनुपर्छ। अन्यथा आफ्नो मनको  स्याहार सुसारमा ख्याल नपुर्याउदा मनोसामाजिक समस्या वा मनोरोगको जोखिम बढछ। प्राकृतिक बिपत्ति वा प्रकोप पर्दा ,कोरोना भाइरसले रोग व्याधि फैलिदा वा मानव सिर्जित ठूलाठूला घटनाहरुले स्वभावैले मनोवैज्ञानिक वा मानसिक रोग बढेर जान्छ।

को‍रोनाको प्रकोप जस्ता घटनाहरुले स्वभावैले मानिसको मनमा चोट पुर्यारउछ। मनमा असरहरु देखिन थाल्छन्। यसलाई असहज अवस्थामा देखिने स्वभाविक प्रतिक्रियाको रुपमा लिइन्छ।  धेरैको लागि यस्ता असर अस्थाई हुन्छ। समय बित्दै गएपछि ढिलो चाँडो प्राय धेरै जसो मानसि आफै पूर्व अवस्थामा फर्कन सक्छन्। केहीलाई भने पूर्व अवस्थामा फर्कन गार्हो पनि पर्न सक्छ। विज्ञको सहयोग पनि चाहिन सक्छ।

 मानसिक स्वास्थ्य समस्या  
-एन्जाईटी (विभिन्न किसिमका डर) चिन्ता जन्य  समस्याहरु,
-डिप्रेसन (दिक्दारिपन तथा आत्महत्याको सोचाई वा प्रयास),
-मानसिक आघात (पीडादायी घटना पछि उत्पन्न हुने एक किसिमको मानसिक रोग),
-प्यानिक अट्याक (एक्कासी बिना कारण उत्पन्न हुने अत्याधिक त्रास),
-समायोजनको समस्या (परिस्थितिसँग जुझ्न नसकिरहेको अवस्था),
-अब्सेसिभ कम्पल्सिभ डिसअडर्स (एउटै सोच वा विचार आइरहने तथा एउटै कार्य लगातार धेरै पटक दोहोर्याकई रहने मानसिक रोग),
-जाँड रक्सी, लागू पदार्थको लत,
-कन्भर्सन डिसअडर्स (डर, त्रास , तनाबको कारणले देखिने मनोबैज्ञानिक समस्या),
-एक्युट स्टेस डिसअडर्स (तत्कालै देखा पर्ने अन्य तनावजन्य समस्या),

संकटको बेला मनमा पर्ने असर भने व्यक्ति पिच्छे  फरकफरक हुनसक्छ। कसलाई कति असर पर्छ भन्ने कुरा व्यक्तिको उमेर, लिङ, स्वंय व्यक्तिको शारीरिक, मानसिक अवस्था, व्क्तित्व,  परिस्थितिसँग जुझ्ने ज्ञान, सीप, मानसिक क्षमता, अनुभव, तनाव व्यवस्थापनको तौरतरिका, दैनिक जीवन शैली, व्यक्तिले प्राप्त गरेको सहयोग जस्ता कुरामा भरपर्छ।

विपत्तिको बेला कतिपय मानिसले संयमिता गुमाउन पनि सक्छन्। उनिहरुले समस्यासँग जुझ्न गलत उपाय वा तरिका अपनाइ रहेका हुन पनि सक्छन्। नचाहदा नचाहदै नकारात्मक क्रियाकलाप गरिरहेका हुनसक्छन्। 

बिपतिमा सबैले आफूलाई समाल्न सक्छन् भन्ने पनि हुदैन। उनिहरुलाई सहयोगको जरुरत पर्दछ।प्रकोपको मानसिक असर लामो समय सम्म नरहोस तथा मनोसामाजिक समस्या वा मानसिक रोगको जोखिम नबढोस भन्नका लागि भावनात्मक सहयोगको जरुरत पर्दछ । 

विपत्तिको बेला व्यक्तिको मनमा देखा पर्ने त्रास, भय, छटपटी, मानसिक अशान्ति , नैरस्यता र यसको कारण आउन सक्ने व्यवहारजन्य गडबडीलाई व्यवस्थापन गर्ने दिइने सबै प्रकारका व्यवहारिक र भावनात्मक सहयोग नै प्राथमिक मनोवैज्ञानिक सहयोग हो। प्राथमिक मनोवैज्ञानिक सहयोग पाउदा व्यक्तिको मनमा शान्ति, स्थिरता आउँछ। तनाव व्यवस्थापन गर्न सहयोग मिल्छ।  दैनिक जीवनमा पर्किन सजिलो हुन्छ।

कोरोनाको संक्रमण बढेको बेला स्वंय व्यक्तिले  आफ्नोम शारीरिक स्वास्थ्यको ख्याल गर्नुका साथै मनको स्याहारसुसारमा पनि विशेष ध्यान दिनु जरुरी हुन्छ। जसलाई स्व हेरचाह भनिन्छ।

स्याहारसुसार गर्ने तरिका 

१. करोनाको संक्रमणबाट जोगिन लकडाउनको पूर्ण पालना गर्नुपर्छ। सरसफाइमा ध्यान दिनु पर्छ। सेल्फ क्वारेन्टाइनमा बस्दा र सुरक्षाका उपाय अपनाउदा मन ढुक्क हुन्छ। यसले डर, त्रास, भय, चिन्ता  धेरै कम भएर जान्छ। आफू स्वास्थ छु भन्ने आत्मबल बढ्छ।

२.  फुर्सदको बेला मानसिक तनाव नहोस भनेर समय व्यवस्थापन गर्नु जरुरी हुन्छ। दैनिक कार्यतालिका बनाएर आफ्नो दिन चर्यालाई संतुलित बनाउन सकिन्छ। आफूलाई व्यस्त तथा सक्रिय राख्न सकिन्छ। यसो गर्नाले मनमा कोरोना सम्बन्धि कुरा खेल्न पाउदैन। नत्र जति बेला पनि कोरोनातिर ध्यान गई त्रास बढन सक्छ।
३ कोरोनाको जोखिमबाट जोखिन सत्य तथ्य जानकारी त लिने तर अति सतर्क हुने, चाहिने भन्दा बढी जानकारी लिन खोज्ने, समचार पटकपटक हेरि रहने जस्ता व्यवहार गर्नु हुदैन।

४. सामाजिक सञ्जाल, इन्टरनेट चलाएर बस्ने भन्दा आफ्नो रुचिको काम गरेर समय बिताउन सकिन्छ। परिवारसँग कुराकानी गर्ने, खेल खेल्न, किताब पढ्ने, लेख्ने, मनोरञ्जन गर्ने, रमाइला र ज्ञानबर्द्धक फिल्म हेर्ने गर्न सकिन्छ। घरयासी काममा समय दिन सकिन्छ।

५ तनाव कम गर्न शारीरिक व्यायम, योग, मेडिटेसन, श्वास प्रस्वासको व्यायम, ध्यान केन्द्रीत गर्ने अभ्यास तथा अन्य आरमदायी अभ्यासले ठूलो मदत पुर्यारउछ। तनावको बेला पर्याप्त निदाउनु पनि जरुरी हुन्छ।

६ तनावको बेला सजिलैसँग पच्ने तथा पोषण युक्त आहार खानुपर्छ। जाँडरक्सी तथा लागुपदार्थको सेवनले त झनै समस्या तथा तनाब बढाउछ। (लेखक ढकाल मनोविद हुन)।

साभार : अन्नपूर्ण पोष्ट अनलाइन