४ माघ २०७८, मंगलवार
(नेपाली समय)
४ माघ २०७८, मंगलवार
नेपाली समय

लाइसेन्स परीक्षा दिएका ५० प्रतिशत बढी डाक्टर फेल

काठमाडौं : नेपाल मेडिकल काउन्सिलले लिएको चिकित्सकको नाम दर्ता परीक्षा (लाइसेन्स) मा ५० प्रतिशतभन्दा बढी फेल भएका छन् । लाइसेन्स परीक्षामा आधाभन्दा बढी चिकित्सक अनुत्तीर्ण भएका हुन् ।
एमबीबीएस र बीडीएस गरी २ हजार १५४ जनाले लाइसेन्स परीक्षा दिएकोमा एक हजार ४८ जना मात्रै उत्तीर्ण भएका छन् । यस्तै, १ हजार १०६ जना अनुत्तीर्ण भएका छन् । पुस २२ देखि २५ गतेसम्म परीक्षा भएको थियो । एमबीबीएसतर्फ १७३४ जना र बीडीएसतर्फ ४३५ जनाले आवेदन दिएको नेपाल मेडिकनल काउन्सिलका रजिष्ट्रार डा. कृष्णप्रसाद अधिकारीले जानकारी दिए।