१५ साउन, ललितपुर । नेपाल कृषि अनुसन्धान परिषद (नार्क)को कर्मचारी अन्जु मगरले लोकगायिका सीता थापामाथि धारिलो हतियार प्रहार गरेकी छिन् ।
ललितपुरको धोबिघाट निवासी गायिका थापालाई शनिबार बिहान करिब ७ :३० बजे नार्कका कर्मचारी रहेकी उनकै जेठानी अन्जु मगरले धारिलो हतियार प्रहार गरी सख्त घाइते बनाएकी हन् ।
घाइते गायिका थापाले स्वास्थ्यअवस्था बुझ्न अस्पताल पुगेको सञ्चारकर्मीसँग आफू किचनमा खाना बनाउँदै गरेको बेला जेठानीले पछाडिबाट धारिलो हतियारले प्रहार गरेको बताइन् ।

घटनालाई घरायसी मामिला भन्दै सञ्चार माध्यमबाट टाढै रहन खोजेकी घाइते थापाले अन्ततः भनिन्, ‘सञ्चारमाध्यमबाट टाढा रहन खोजेकी थिएँ तर उल्टै मलाई घटना भएको दिनदेखि अनावश्यकरुपमा मानसिक दबाब दिने कार्य भयो र मैले मुख खोल्न बाध्य भएकी छु ।’
घाइते गायिका थापाको ललितपुरको पुल्चोकस्थित अल्का अस्पतालको सी – १ (C 1) मा उपचार भइरहेको छ ।
लोकगायिका थापाले मंगलबार (घटना भएको तीन दिनपछि) मात्रै आफूलाई धारिलो हतियार प्रहार गर्ने जेठानीविरुद्ध कार्वाहीको माग गर्दै महानगरीय प्रहरी परिसर, जावलाखेल, ललितपुरमा उजुरी दर्ता गराएकी छन् ।
अल्का अस्पतालले उनको स्वस्थ्य अवस्था खतरामुक्त रहेको जानकारी दिएको छ ।
घाइते थापाको जेठानी अन्जुले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा आफूलाई नेपाल कृषि अनुसन्धान परिषद (नार्क)को वैज्ञानिक (Scientist at Nepal Agricultural Research Council ) भनी उल्लेख गरेकी छन् ।
घाइते लोकगायिका थापा ‘राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, नेपाल’की संस्थापक कोषाध्यक्ष समेत हुन् ।