३ वैशाख २०८१, सोमवार
(नेपाली समय)
३ वैशाख २०८१, सोमवार
नेपाली समय

वातावरणमैत्री चुल्होको प्रयोग बढ्दो

नवलपरासी, ३० जेठ (रासस) ः पूर्वी नवलपरासीको गैँडाकोट– १४ नगरटाँडीमा धुवाँरहित वातावरणमैत्री चुल्हो निर्माण गरी प्रयोग भइरहेको छ । 

नगरपालिकाले महिला तथा समुदायकै स्तर उकास्न वातावरणमैत्री चुल्हो निर्माण गर्न तालिम प्रदान गरेपछि यसको प्रयोग गर्नेको संख्यामा वृद्धि भएको छ ।

गैँडाकोट नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा लोकतान्त्रिक सचेतना केन्द्र गैंँडाकोट– १४ नगरटाँडीले धुवाँरहित वातावरणमैत्री चुल्हो निर्माण गरिरहेको छ । स्वास्थ्यमा कम असर गर्ने तथा समयको बचत हुने भएकाले वातावरणमैत्री चुल्हो प्रयोग गर्नेको संख्या बढ्दै गएको छ । 

“तालीम पश्चात महिलाले चुल्हो बनाएर प्रयोग गर्न थालेका छन्,” लोकतान्त्रिक सचेतना केन्द्र गैँडाकोट, नगरटाँडीका अध्यक्ष फूलमाया तामाङले भन्नुभयो । चाम्रो माटो, फलामको रड, तार, बाबियोका टुक्रा, नुन, चिनी र बर्नलको सहयोगमा फर्मामा हालेर चुल्हो बनाउने गरिन्छ । 

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds