९ असोज २०८०, मंगलवार
(नेपाली समय)
९ असोज २०८०, मंगलवार
नेपाली समय

वातावरण प्रदुर्षण नियन्त्रणको लागि वातावरण सम्बन्धी जनचेतनामुलक कार्यक्रम आयोजना..

६ बैशाख, विरगन्ज । आमा नेपाल फाउन्डेशन तथा विरगन्ज महानगरपालिकाका सहकार्यमा वातावरण प्रदुर्षण नियन्त्रणको लागि वातावरण सम्बन्धी एक दिने जनचेतानामुलक कार्यक्रम विरगन्ज वार्ड नं. ०९ मा आयोजना भयो । उक्त कार्यक्रम आमा नेपाल फाउन्डेशनका अध्यक्ष श्री प्रमीता मानन्धर ज्युको अध्यक्षता, प्रमुख अतिथिमा वडा नं. ०९का अध्यक्ष श्री जवाहर प्रसाद गुप्ता ज्युको प्रमुख आतिथ्यमा कार्यक्रम सञ्चालन भएको थियो । त्यसै गरि अतिथिहरुमा वडा नं. ०९ का वार्ड सदस्यहरु गीता मानन्धर, कुमारी सोनी, लालबाबु प्रसाद कलवार, वडा नं. ०९ कार्यालय सचिव मुकेश गुप्ता, स.सचिव सुमन श्रेष्ठ रहनुभएको थियो । कार्यक्रममा वार्ड नं. ०९ वासीहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा महिला उपस्थिती उलेख्य रहेको थियो । आमा नेपाल फाउन्डेशनले कार्यक्रममा वातावरणीय प्रदुर्षण सम्बन्धी वृतचित्र प्रदर्शनी गरेका थिए तथा वातावरण सम्बन्धि विभिन्न डिजिटल समाग्री तथा अन्य सामाग्रीहरुको प्रदर्शनी गरी वडावासी जनतालाई वातावरणीय प्रभाव, असर तथा समाधानबारे जानकारी प्रदान गरेको थियो । कार्यक्रम धेरै राम्रो रहेको र यस्तो कार्यक्रम विरगन्ज महानगरपालिकाको हरेक वडामा तथा हरेक वडावासीले जानकारी तथा ज्ञान लिई लाभान्वित हुन जरुरी छ भनि एक सहभागिले भनेका थिए ।

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds