८ असोज २०८०, सोमवार
(नेपाली समय)
८ असोज २०८०, सोमवार
नेपाली समय

वायु सेवा निगमको कार्यकारी अध्यक्षमा घिमिरे नियुक्त

३ वैशाख, काठमाडौं । सरकारले नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्षमा सुशील घिमिरेलाई नियुक्त गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्व पर्यटन सचिव घिमिरेलाई चार वर्षका लागि निगमको कार्यकारी अध्यक्ष नियुक्त गरेको हो । पर्यटनमन्त्री योगेश भट्टराईले निगम सुधारका लागि घिमिरेकै नेतृत्वमा कार्यदल बनाएको थियो । अहिले उनलाई नै कार्यकारी अध्यक्षको जिम्मावारी दिएका छन् ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीको जोडबलमा झापाका मदन खरेललाई कार्यकारी अध्यक्ष बनाइएको थियो । पर्यटन सचिव वायु सेवा निगम सञ्चालक समितिको अध्यक्ष रहने व्यवस्थालाई हटाएर खरेरललाई महाप्रबन्धक सुगतरत्न कंशाकारभन्दा एक तह माथि रहने गरी कार्यकारी अध्यक्ष बनाइएको थियो ।

तर खरेलले चार वर्ष कार्यकाल पूरा गर्न सकेन्न । उनले माघ २०७६ मा राजीनामा दिएका थिए ।

साभार : अनलाइनखबर अनलाइन

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds