१३ चैत २०८०, मंगलवार
(नेपाली समय)
१३ चैत २०८०, मंगलवार
नेपाली समय

विद्युत् ट्रान्सफर्मर पड्किएपछि प्रदेशसभा बैठक स्थगित

महेन्द्रनगर, धनुषा २७ जेठ (रासस) ः प्रदेश २ को आज बस्ने भनिएको बैठक स्थगित भएको छ ।

प्रदेशसभा परिसरमा रहेको विद्युत् ट्रान्सफर्मर पड्किएपछि आजको बैठक सूचना टाँसेर स्थगित गरिएको छ । सांसद प्रदेशसभामा बसिरहँदा परिसरको ट्रान्सफर्मर अचानक पड्किएको थियो । ट्रान्सफरमर नै पड्किएपछि विद्युत् सेवा ठप्प भएको थियो ।

संसद् सचिवालयले विशेष कारण देखाएर सोमबार बिहान ८ बजेसम्मका लागि बैठक स्थगित गराएको नेपाली काँग्रेसका सचेतक उपेन्द्रप्रसाद कुशवाहाले जानकारी दिनुभयो । आजको बैठकमा प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि छलफल हुने कार्यसूची थियो ।

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds