४ वैशाख २०८१, मंगलवार
(नेपाली समय)
४ वैशाख २०८१, मंगलवार
नेपाली समय

विरोधकाबीच ट्रम्पद्वारा बेलायतको भ्रमण

लण्डन, २८ असार (रासस÷सिन्ह्वा) ः अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार बेलायतको भ्रमण शुरु गर्नुभएको छ । 

उहाँको दुईदिने भ्रमण तालिका रहेको अधिकारीहरूले जानकारी दिएका छन् । ट्रम्पले रोयल मिलिट्री एकेडेमीको पनि भ्रमण गर्नुहुने भएको छ । 

ट्रम्पलाई बेलायती प्रधानमन्त्री टेरेशा मेले ब्लेन्हीम प्यालेसमा स्वागत भेट गर्ने कार्यक्रम रहेको छ । 

अमेरिकी राष्ट्रपतिका रूपमा उहाँले गर्नुभएको यो पहिलो बेलायत भ्रमण भए पनि बेलायतमा उहाँको व्यापक विरोध भएको छ । 

दशौँ हजार प्रदर्शनकारीहरूले उहाँको भ्रमणका विरुद्धमा प्रदर्शन गर्ने तयारी गरेको बताइएको छ । 

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds