७ वैशाख २०८१, शुक्रवार
(नेपाली समय)
७ वैशाख २०८१, शुक्रवार
नेपाली समय

विश्वकपमा आइतबार तीन खेल हुने

काठमाण्डौं, ३ असार : विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत आइतबार तीन वटा खेल हुनलागेका छन् । विश्व फुटबल महासंघको आधिकारिक वेभसाइटमा दिइएअनुसार आइतबार पहिलो खेल नेपाली समयअनुसार साँझ ५ः४५ बजे कोष्टारिका र सर्बियाबीच हुने तालिका रहेको छ ।

त्यसैगरी दोस्रो खेल राति ८ः४५ मा जर्मनी र मेक्सिकोबीच भिडन्त हुँदैछ।

आईतबारको अन्तिम खेल राति ११ः ४५ मा ब्राजिल र स्वीट्जरल्याण्ड भिड्ने भएका छन् ।

आइतबार हुने तीन खेलमध्ये जर्मनी र मेक्सिको तथा ब्राजिल र स्वीट्जरल्याण्डबीचको खेल निकै नै रोमान्चक हुने अपेक्षा गरिएको छ ।

ब्राजिल र जर्मनीलाई यो विश्वकपको उपाधि दाबेदारका रुपमा पनि हेरिएको छ ।

पाँच पटकको विश्व विजेता ब्राजिल छैटौँ पटक उपाधि हत्याउने दाउमा देखिएको छ भने २०औँ संस्करणको विश्वकप विजेता जर्मनीले पनि चार पटक विश्वकप जितिसकेको छ ।

यस पटक पनि उपाधि जितेर ब्राजिलसँग बराबरी गर्ने जर्मनीको दाउ रहेको देखिन्छ छ ।

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds