५ असोज २०८०, शुक्रवार
(नेपाली समय)
५ असोज २०८०, शुक्रवार
नेपाली समय

विश्‍व बैंकको चेतावनी : दक्षिण एशियाको आर्थिक वृद्धिदर ४० वर्षकै कम हुने

कोरोना भाइरस कोभिड-१९ का कारण दक्षिण एशियाको आर्थिक वृद्धिदर ४० वर्षमा सबैभन्दा कम हुने विश्व बैंकले बताएको छ। यसले यो क्षेत्रले दशकौँदेखि गरिबीविरूद्ध हासिल गरेको उपलब्धिलाई तहसनहस पार्नेछ।

भारत, बंगलादेश, श्रीलङ्का र पाकिस्तानमा कोरोनाभाइरसको सङ्क्रमण अहिलेसम्म कम भएपनि ती देशहरूमा सङ्क्रमण ह्वात्तै बढ्न सक्ने विज्ञहरूको भनाइ छ। दक्षिण एशियामा एक अर्ब ८० करोड मानिसहरू बस्छन् र यो क्षेत्रमा संसारमै सबैभन्दा बढी जनघनत्व भएका सहरहरू छन्।

‘दक्षिण एशिया प्रत्युत्पादक असरको आँधीमा छ। पर्यटन छैन्, आपूर्ति तोडिएको छ, कपडाको माग छैन र ग्राहक एवम् लगानीकर्ताहरू निराश छन्’ विश्व बैंकको प्रतिवेदनमा भनिएको छ। बैंकले यो क्षेत्रमा यो वर्ष आर्थिक वृद्धिदर १.८ देखि २.८ प्रतिशत हुने आकलन गरेको छ। यो आकलन वर्षको शुरूमा ६.३ प्रतिशत थियो।

दक्षिण एशियाका कम्तीमा आधा देशहरूमा ‘गम्भीर आर्थिक मन्दी’ देखिन सक्छ। सबैभन्दा ठूलो असर माल्दीभ्समा देखिने छ। महँगो पर्यटनले धानेको त्यहाँको आर्थिक उत्पादन १३ प्रतिशतसम्मले घट्ने छ। दक्षिण एशियाको सबैभन्दा ठूलो अर्थतन्त्र रहेको भारतमा १.५ प्रतिशत मात्रै वृद्धि हुने छ जुन शुरूमा प्रक्षेपण गरिएको भन्दा ३.५ प्रतिशतले कम हो।

साभार : अन्नपूर्ण पोष्ट अनलाइन

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds