११ चैत २०८०, आइतवार
(नेपाली समय)
११ चैत २०८०, आइतवार
नेपाली समय

विष्फोटमा परी एक बालकको मृत्यु सात सर्वसाधारण घाइते

जलालाबाद, अफगानिस्तान, ३० जेठ (रासस÷सिन्ह्वा) ः अफगानिस्तानको पूर्वी प्रान्त नान्र्गाहारको प्रान्तीय राजधानी जलालाबाद शहरमा भएको विष्फोटनमा परी एक १० वर्षीय बालकको मृत्यु भएको छ । 

बुधबार भएको यस आक्रमणमा परी एक बालकको मृत्यु हुनुका साथै अन्य सात घाइते भएको प्रान्तीय सरकारकाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । 

स्थानीय समयानुसार बुधबार बिहान सानो एक पसलको अगाडि सो विष्फोट भएको बताइएको छ । घाइतेमध्ये चार बालबालिका र एक पसलका संस्थापकलाई शहरको क्षेत्रीय अस्पतालका सारिएको जानकारी दिइएको छ । 

यस आक्रमणको पछाडि कुन समूहको हात रहेको छ भन्ने बारेमा भने अहिलेसम्म केही प्रष्ट भएको छैन । 

अफगानिस्तानमा जारी द्वन्द्वमा सन् २०१७ मा तीन हजार ४३० व्यक्तिको मृत्यु भएको छ भने सात हजारभन्दा बढी व्यक्ति घाइते भएका अफगानिस्तानका लागि संयुक्त राष्ट्र संघीय मिसनले जानकारी दिएको छ । 

अफगानिस्तानमा तालिबान र अन्य आतङ्ककारी समूहको आक्रमणमा परी द्वन्द्वको ६५ प्रतिशत सर्वसाधारणको मृत्यु हुने गरेको छ । त्यसैगरी यस्ता आक्रमणमा २० सुरक्षा अधिकारीको ज्यान गरेको छ । 

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds