जेष्ठ,२८
वीरगंज, अकाश राजभण्डारी
वीरगञ्जको वडा नम्बर ६ बाट विभिन्न हतियारमा प्रयोग हुने १ सय ५ थान गोली भेटिएको छ । नाला सफाइका क्रममा आइतबार ठूलो परिमाणमा बन्दूकमा प्रयोग हुने गोली फेला परेको छ । महानगरले चलाइरहेको ठूलो नाला सरसफाइ अभियानअन्तर्गत वडा नम्बर ६ मा पर्ने मुख्य नाला सफाइ गंरे क्रममा बन्दूकमा प्रयोग हुने गोली फेला परेको हो । प्लास्टिकको झोलामा विभिन्न हतियारमा प्रयोग हुने १ सय ५ थान गोली फेला परेको प्रहरीले जनाएको छ । नाला सफा गर्ने क्रममा गोली भेटिएपछि सफाइकर्मीले प्रहरीलाई खबर गरेका थिए ।
विभिन्न बन्दूलमा प्रयोग हुने १ सय ५ राउण्ड गोली फेला परेको पर्साका प्रहरी उपरीक्षक (एसपी) कोमल शाहले जानकारी दिए । फेला परेको मध्ये ४ वटा गोली बिग्रिएको अवस्थामा भेटिएको उनले बताए ।